शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

हेटौँडामा मिटरब्याजीविरुद्ध ६० उजुरी

images
शनिबार, जेठ १३ २०८०
images
images
हेटौँडामा मिटरब्याजीविरुद्ध ६० उजुरी

काठमाडौंबाट दुई र ललितपुरबाट एकजनाको उजुरी परेको छ।

images
images

बागमती- जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा मिटरब्याजविरुद्ध ६० उजुरी परेका छन्। सरकारले बैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिने आह्वान गरेपछि ६० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।

images
images
images

कार्यालयका सहायक प्रजिअ नेत्रप्रसाद शर्माका अनुसार हेटौँडा उपमहानगरपालिकाबाट २६, मकवानपुरगढी गाउँपालिकाबाट छ, भीमफेदीबाट १२, कैलाश गाउँपालिकाबाट तीन, इन्द्रसरोवर गाउँपालिकाबाट तीन र जिल्लासँग सम्बन्धित काठमाडौंबाट दुई र ललितपुरबाट एकजनाको उजुरी परेको छ।

images
images

'मिटरब्याजको धन्दा सञ्चालन गर्ने समूहबाट पीडित भएको भन्दै सर्वसाधारणले उजुरी गरेका छन्', उनले भने। उजुरी दर्ता गर्ने समय यही जेठ १४ गते सम्म तोकिएको छ। उजुरी दर्ता अवधि सकिएपछि दुवै पक्षलाई बोलाएर छलफल सुरु गरिने जिल्ला प्रशासन कार्यालयको मुद्दा दर्ता शाखाले जनाएको छ। रासस

images
images
images


प्रकाशित : शनिबार, जेठ १३ २०८०११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend