शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

व्यास नगरपालिकामा ५६ प्रतिशत योजना सम्पन्न

images
शनिबार, जेठ १३ २०८०
images
images
व्यास नगरपालिकामा ५६ प्रतिशत योजना सम्पन्न

'यो एक वर्षको अवधिमा ५६ प्रतिशत योजना सम्पन्न भइसकेको छ भने ३६ प्रतिशत योजना सम्झौता भई नौ प्रतिशत योजना सम्झौता हुन बाँकी छ।'

images
images

दमौली- तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न गरेको छ। चालु आर्थिक वर्ष २०७९/८० मा एक हजार दुईसय ४५ योजना रहेकामा ६ सय ९५ योजना सम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।

images
images
images

नगरप्रमुख न्यौपानेका अनुसार यस अवधिमा चार सय ४४ योजना सम्झौता भएका, एक सय तीन योजना सम्झौता हुन बाँकी रहेका र चार सूचना प्रकाशनमा गएको छ। न्यौपानेले भने, 'यो एक वर्षको अवधिमा ५६ प्रतिशत योजना सम्पन्न भइसकेको छ भने ३६ प्रतिशत योजना सम्झौता भई नौ प्रतिशत योजना सम्झौता हुन बाँकी छ।'

images
images

यो अवधिमा पूर्वाधारतर्फ केही महत्वपूर्ण कार्य भएको नगरप्रमुख न्यौपानेले जानकारी दिए। गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा दमौली केशवटार मार्ग कालोपत्र गर्न एक करोड ३० लाख रूपैयाँको योजना निर्माण प्रक्रियामा रहेको छ। संघ सरकारसँगको समपूरक योजनाअन्तर्गत खड्गकाली मार्ग कालोपत्र थप निर्माणका लागि टेन्डर भएको न्यौपानेले बताए।

images
images
images

विश्व बैंकको सहयोगमा नेपाल सहरी शासकीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत परासर मार्ग (घाँसीकुवा-फराकचौर-पोख्रेलफाँट-माँझफाट-नरंगा-कलेस्ती) विस्तृत परियोजना प्रतिदेन पुनरावलोकन भइरहेको उनले बताए।

साथै यही अवधिमा वडा नं ६, १३ र १४ को सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण सुरु भएको जनाइएको छ। नगरपालिकाले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्षको अवधिमा व्यास-११ पोल्याङमा शीतभण्डार निर्माण कार्यसम्पन्न भएको, व्यास-१० वैरेनीमा एकीकृत जग्गा विकास आयोजनाका लागि नगर विकास कोषसँग जग्गा सम्झौता भई पूर्वाधार निर्माणका लागि जग्गा सम्याउने कार्य भइरहेकालाई मुख्य उपलब्धिका रुपमा मानेको छ।

संघ सरकारसँगको विशेष योजनाअन्तर्गत व्यास-५ मानुङकोट लिफ्टिङ खानेपानी आयोजना, व्यास-१४ केशवटार लिफ्टिङ खानेपानी योजना, (गजौडे पुल) को दुई अर्ब ८२ करोडको टेन्डर प्रक्रिया अगाडि बढेको नगरप्रमुख न्यौपानेले जानकारी दिए।

शिवपञ्चायन क्षेत्रमा एक सय फिट उचाइको व्यास मूर्ति निर्माण कार्य, व्यास-३ बिपी वनवाटिका खेलमैदान, व्यास-११ कोलढुंगा क्रिकेट मैदान, व्यास-५ परासर खेलमैदान र चिन्तुटार खेल मैदानलगायत खेलमैदान निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ। व्यास-१० मा नारेश्वर ताल निर्माण कार्य प्रारम्भ भएको र नगरपालिकाको पहलमा मादीनदी तटबन्ध कार्यमा प्रदेश सरकारको सहयोगमा तटबन्ध कार्यलाई अघि बढाइएको जनाइएको छ।

चालु आर्थिक वर्षमा नगरपालिकाभित्र दुई ३३ घर नक्सा पास, तीन सय ६० सम्पन्न, चार सय डिपिसी सम्पन्न, छ घर कायम, दुई सय ६५ नयाँ घरदर्ता, एक सय ३० नक्सा नामसारी, ५५ नक्सा नवीकरण भएको छ। 

चालु आर्थिक वर्षको कुल बजेट एक अर्ब ७१ करोड ६५ लाख नौ हजार रूपैयाँ रहेकामा हालसम्मको कुल आय एक अर्ब १३ करोड १३ लाख ८६ हजार नौ सय ८९ रूपैयाँ रहेको छ। चालुतर्फ ६८ दशमलव २ र पुँजीगततर्फ ३३ दशमलव ७९ प्रतिशत बजेट खर्च भएको छ। नगरपालिकाले आन्तरिक आयतर्फ हालसम्म ११ करोड नौ लाख तीन हजार सात सय ४४ संकलन गरेको छ।

नगरपालिकाले विगत एक वर्षमा नौ वटा विधेयक, १२ कार्यविधि, दुई निर्देशक पारित गरी लागू गरेको जनाएको छ। शिक्षातर्फ ४३ जना अभिभावकविहीन बालबालिकालाई आवासीय सुविधा प्रदान गर्न विद्यालय सञ्चालन गरिएको, नेपाल सरकार शिक्षा विभागबाट काटिएको ५३ प्रावि दरबन्दी मिलान गरिएको, शिक्षक दरबन्दी काटिएपछि दरबन्दी अभाव भएका विद्यालयमा ४० जना स्वंयसेवक शिक्षक नियुक्ति गरिएको जनाइएको छ।

फोहरमैला व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रिया अघि बढाइ सफाइ केन्द्रको स्थायी प्रबन्ध नहुँदासम्म वडा नं १३ र ३ का स्थानीयवासीसँग समन्वय गरी फोहर विसर्जन कार्य दैनिकरुपमा गरिँदै आएको नगरपालिकाले उल्लेख गरेको छ।

चालु आर्थिक वर्षमा संघ, प्रदेश सरकारले समानीकरण बजेटअन्तर्गत अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती गरेको र आन्तरिक आम्दानी ५० प्रतिशत मात्रै भएकाले क्रमागत योजनाको चाप र दबाबले लक्षित गरिएका योजना सम्पन्न गर्न कठिनाइ भएको नगरप्रमुख न्यौपानेले बताए। रासस


प्रकाशित : शनिबार, जेठ १३ २०८००५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend