शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

नक्कली भुटानी प्रकरणमा बयान सुरू, फरार रहेका अभियुक्त लक्ष्मी महर्जन पनि पक्राउ

images
शुक्रबार, जेठ १२ २०८०
images
images
नक्कली भुटानी प्रकरणमा बयान सुरू, फरार रहेका अभियुक्त लक्ष्मी महर्जन पनि पक्राउ

महर्जनसहित १६ जना अभियुक्त प्रकाउ भएका छन्। अझै १३ जना अभियुक्त फरार छन्। फरार अभियुक्तविरूद्द पनि अदालतमा मुद्दा दर्ता गरिएको छ। 

images
images

काठमाडौं- काठमाडौं  जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ।

images
images
images

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि  बयान सुरू भएको हो। बयानका क्रममा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ। अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ। अब आइतबार पनि बयान जारी रहनेछ।

images
images

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ। पूर्ववडाध्यक्षसमेत रहेका राई पनि यो ठगी प्रकरणमा बिचौलिया रहेको खुलेपछि पक्राउ गरिएको थियो।

images
images
images

उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। तीमध्ये मुद्दा दर्ता गर्दासम्म १६ प्रकाउ परेका थिए। आज एकजना फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेका छन्। महर्जनसहित १६ जना अभियुक्त प्रकाउ भएका छन्। अझै १३ जना अभियुक्त फरार छन्। फरार अभियुक्तविरूद्द पनि अदालतमा मुद्दा दर्ता गरिएको छ। 

अदालतमा उक्त प्रकरणका अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ। अभियुक्त थुनछेक बहसपछि  धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ। 


प्रकाशित : शुक्रबार, जेठ १२ २०८०१३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend