शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

डिजेलको भाउ घटेको ९ दिनपछि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो, कुनमा कति?

images
शुक्रबार, जेठ १२ २०८०
images
images
डिजेलको भाउ घटेको ९ दिनपछि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो, कुनमा कति?

यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए।

images
images

काठमाडौं- काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ। बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो। 

images
images
images

नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दुरीमा चल्ने गाडीको भाडा घटाइएको हो। मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ। काठमाडौं उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दुरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए। 

images
images

उनले भने, 'नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागु हुने छ।'

images
images
images

यसअघि डिजेलको भाउ बढेको बेला लामो दुरीको गाडी भाडा बढेर छोटो दुरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए। नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागु हुने गरी डिजेलको भाउ घटाएको थियो। लगत्तै सरकारले लामो दुरीको भाडा समायोजना गरेको थियो। लामो दुरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दुरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ।

गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०–१० र पेट्रोलमा तीन रूपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधबारदेखि लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रूपैयाँले भाउ घटाएको थियो। घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको एक सय ५५ कायम भएको छ। अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दुरीको भाडा बढेको थियो। बढेको भाडाअनुसार यात्रुले काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० रूपैयाँ तिर्दै आएका छन्। 


प्रकाशित : शुक्रबार, जेठ १२ २०८००५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend