बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

कामिरिता २८औँ पटक सगरमाथाको चुचुरोमा

images
मंगलबार, जेठ ९ २०८०
images
images
कामिरिता २८औँ पटक सगरमाथाको चुचुरोमा

उनले कामीरिता सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए।

images
images

काठमाडौं- कीर्तिमानी आरोही कामिरिता शेर्पा २८औँ पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।

images
images
images

सोलुखुम्बुको थामे गाउँका कामीरिताले आज बिहान ९:२३ मा २८औँ पटक सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसनले जनाएको छ। 

images
images

सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने कीर्तिमान कामिरिताकै नाममा छ। यसअघि २७औँ पटक हुँदा पनि उनी नै सर्वाधिक थिए। तर सोमबार पासाङ दावा शेर्पाले २७औँ पटक आरोहण गरेर उनीसँग कीर्तिमानी बराबर गरेका थिए।

images
images
images

आज पुन: उनले २८औँ पटक आरोहण गरेर अग्रस्थानमा आफ्नो नाम कायम राखेका छन्। यो सिजनको उनको दोस्रो सगरमाथा आरोहण हो। उनले सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका थिए।

उनले कामीरिता सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए।


प्रकाशित : मंगलबार, जेठ ९ २०८००६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend