बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

लखनमा बन्यो चेपाङ संग्रहालय

images
मंगलबार, जेठ ९ २०८०
images
images
लखनमा बन्यो चेपाङ संग्रहालय

'पछिल्लो समय चेपाङ समुदायले परम्परागतरूपमा प्रयोग गर्ने सामग्री लोप हुने अवस्थामा छ। आगामी पुस्ताले ती सामग्री र संस्कृतिका बारेमा जान्न र बुझ्नसमेत नपाउने अवस्था भइसकेकाले त्यसको संरक्षण स्थानीयस्तरबाटै भए पनि गर्नुपर्छ भन्ने उद्देश्यले संग्रहालय निर्माण गरिएको हो।'

images
images

गोरखा- गोरखाको सहिद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ संग्रहालय निर्माण गरिएको छ। चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको भेषभूषा तथा कला संस्कृतिको संरक्षणका लागि संग्रहालय निर्माण गरिएको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिए।

images
images
images

आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा वडा कार्यालयले विनियोजन गरेर संग्रहालय निर्माणको काम सम्पन्न भएको उनले बताए। 'स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गासहितको क्षेत्रमा संग्रहालय निर्माण गरिएको हो', उनले भने, 'उपभोक्ता समितिमार्फत निर्माण गरिएको संग्रहालय चेपाङ समुदायको संस्कृति झल्कने खालको घर निर्माण भएको छ।'

images
images

संग्रहालयमा अल्पसङ्ख्यक चेपाङ जातिको भेषभूषा, परम्परागतरूपमा प्रयोग गर्ने सामग्री राखिने उनले बताए।

images
images
images

'पछिल्लो समय चेपाङ समुदायले परम्परागतरूपमा प्रयोग गर्ने सामग्री लोप हुने अवस्थामा छ', वडाध्यक्ष थापाले भने, 'आगामी पुस्ताले ती सामग्री र संस्कृतिका बारेमा जान्न र बुझ्नसमेत नपाउने अवस्था भइसकेकाले त्यसको संरक्षण स्थानीयस्तरबाटै भए पनि गर्नुपर्छ भन्ने उद्देश्यले संग्रहालय निर्माण गरिएको हो।'

सहिद गाउँपालिकाको डाँडागाउँ चेपाङ समुदायको मात्र बसोबास रहेको ठाउँ हो। 'उक्त स्थानमा चेपाङको मात्र बस्ती छ, अन्य जातिको बसोबास नै छैन', उनले भने, 'ढाडेगाउँ, डाँडागाउँ, तेस्रेगाउँमा सबै चेपाङ समुदायमा बस्दै आएका छन्।' निर्माण सम्पन्न गरिएको संग्रहालयको संरक्षणको जिम्मेवारी पनि चेपाङ समुदायलाई दिइएको उनले जानकारी दिए।

संग्रहालयमा चेपाङ समुदायले परम्परागतरूपमा प्रयोग गर्ने भेषभूषा, भाङग्रा, जंगलमा गिट्ठा टिप्न जाँदा प्रयोग गर्ने सामग्री, चमेरो मार्न प्रयोग गर्ने सामग्रीलगायतका सबैखालका परम्परागत सामग्री राखिने उनको भनाइ छ।

संग्रहालयमा हरेक वर्ष चेपाङ समुदायले वर्षमा एकपटक मनाउने न्वागी पर्वका दिन सोही स्थानमा कार्यक्रमको आयोजना गरी मनाउने तथा समुदायको क्षमता विकासका लागि छलफल तथा बैठक गर्नका लागि प्रयोग हुने वडाध्यक्ष थापाको भनाइ छ।

'चेपाङहरूको परम्परागत भेषभूषामा महिलाका लागि गुन्युचोलो, पुरुषका लागि दौरा-कछाड र त्यसमा जाली भरिएको स्टकोट हो। साथमा पछाडिपट्टि कम्मरमा काठको खुर्पीठ्याक भिरिएको हुन्छ। त्यसको संरक्षण पनि संग्रहालयमार्फत अब हुन्छ', उनले भने।

त्यस्तै परम्परागत चेपाङ समुदायको गरगहनाका रूपमा मुगा, हारेमालालाई लिइन्छ। यस्ता गरगहना लगाउने परम्परा पनि विस्तारै उक्त समुदायबाट लोप हुँदै गएको छ। आफ्नो परम्परा र संस्कृतिको लोप हुन नदिन स्थानीय सरकारको पहलमा संग्रहालय बनेपछि चेपाङ समुदाय पनि खुसी भएको स्थानीय जगबहादुर चेपाङले बताए। रासस


प्रकाशित : मंगलबार, जेठ ९ २०८००५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend