बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

सीडी रेसियो, सीआरआर कायम नगरेको भन्दै पाँच बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गर्‍यो कारबाही

images
सोमबार, जेठ ८ २०८०
images
images
सीडी रेसियो, सीआरआर कायम नगरेको भन्दै पाँच बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गर्‍यो कारबाही

नेपाल राष्ट्र बैंकले कारबाहीमा परेका बैंक तथा वित्तीय संस्थालाई लाखौँ रूपैयाँ जरिवाना गरेको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ।

images
images
images

बैंकअन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ।

images
images

केन्द्रीय बैंकले नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कम्पनीलाई कारबाहीस्वरुप नगद जरिवाना गरेको हो।

images
images
images

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई पाँचौँ पटक र सालपा विकास बैंकलाई प्रथम पटक कारबाही गरिएको छ।

यस्तै, अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई पहिलो, दोस्रो र तेस्रो पटक कारबाही गरिएको छ। राष्ट्र बैंकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंकलाई एक लाख ९६ हजार २६५‍.३०, सालपा विकास बैंकलाई एक लाख १० हजार ६६२.२६, नारायणी डेभलपमेन्ट बैंकलाई दुई लाख ५१ हजार ३२४.७३ र सप्तकोशी डेभलपमेन्ट बैंकलाई १९ लाख ३६ हजार ६ सय ३५ रूपैयाँ ५७ पैसा नगद जरिवाना गरेको हो।

यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई पहिलो पटक तीन हजार ९४८.५३, दोस्रो पटक ६३ हजार ७८२.७८ र तेस्रो पटक एक एक लाख आठ हजार ७७० रूपैयाँ २१ पैसा जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ।

यस्तैगरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा मल्टिपर्पस फाइनान्सलाई अनिवार्य नगद मौज्दात अनुपात नपुर्‍याएको भन्दै दुई हजार ७०१.०३ जरिवाना गरिएको छ। रासस 


प्रकाशित : सोमबार, जेठ ८ २०८०११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend