बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

शिलान्यास भएको १२ वर्षपछि बन्यो विहार

images
सोमबार, जेठ ८ २०८०
images
images
शिलान्यास भएको १२ वर्षपछि बन्यो विहार

यूके, ब्रुनाईलगायतका देशमा रोजगारीका लागि जानेबाट प्राप्त सहयोग, संघीय, प्रदेश र स्थानीय सरकारबाट आएको बजेटले विहार  निर्माण पूरा भएको हो। 

images
images

गलकोट- गलकोट नगरपालिका वडा नं ११ रिघाको उदय रिघा बौद्ध विहार निर्माण पूरा भएको छ। 

images
images
images

स्थानीय शेरबहादुर घर्तीले रिघामा बौद्ध धर्मको प्रचारप्रसार तथा प्रवर्द्धन गर्दै रिघालाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि १२ वर्षअघि यसको शिलान्यास गरेका थिए। शिलान्यास भएको १२ वर्षपछि निर्माण पूरा भएको हो।

images
images

उक्त स्थनामा बौद्ध गुम्बा, सत्तल तथा प्रवेशद्वार निर्माण गरिएको विहार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर घर्तीले बताए।
'बाह्र वर्षअघि बौद्ध धर्म र दर्शनका विषयमा जानकारी लिने मौका मिल्यो, भगवान गौतम बुद्धका नाममा केही गरौँ भन्ने सोच आयो', घर्तीले भने, 'बीस रोपनी जग्गालाई तारबार र संरक्षण गरी विहार बनाउने लक्ष्य यतिबेला आएर पूरा भएको छ।'

images
images
images

यूके, ब्रुनाईलगायतका देशमा रोजगारीका लागि जानेबाट प्राप्त सहयोग, संघीय, प्रदेश र स्थानीय सरकारबाट आएको बजेटले विहार  निर्माण पूरा भएको हो। 

विहार निर्माणका लागि गलकोट नगरपालिकाको १२ लाख, सांसद विकास कोषबाट १० लाख, गण्डकी प्रदेश सरकारबाट आठ लाख, वडा कार्यालयबाट तीन लाख रूपैयाँ प्राप्त भएको थियो। साथै रिघा घर भई देशविदेशमा रहेकाबाट ८० लाख सहयोग प्राप्त भएको थियो। 

गुम्बालाई ध्यान तथा योगस्थलका रुपमा विकास गरी पर्यटकीय गतिविधि बढाउने उद्देश्य लिइएको गलकोट नगरपालिका-११ रिघाका वडाध्यक्ष डम्मर श्रीसको भनाइ छ।

अग्लो डाँडामा रहेको विहार प्राकृतिक मनोरमको दृष्टिकोणलेसमेत महत्वपूर्ण छ। विहारको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गरेका छन्। रासस


प्रकाशित : सोमबार, जेठ ८ २०८०११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend