बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

सिञ्जामा निर्माणका काम धमाधम

images
सोमबार, जेठ ८ २०८०
images
images
सिञ्जामा निर्माणका काम धमाधम

तिला गाउँपालिकाले तीन ग्रामीण सडक निर्माणको काम अघि बढाएको छ।

images
images

जुम्ला- जुम्लाको सिञ्जामा विकास निर्माणका काम धमाधम भइरहेका छन्। सिञ्जामा ग्रामीण सडकको काम अघि बढाइएको छ। गाउँपालिकाको प्रशासकीय भवनसमेत निर्माण भइरहेको छ। 

images
images
images

सिञ्जाको आचार्यलिही, धिताललिही, नराकोट हुँदै कनकासुन्दरी मन्दिरसम्मको सडकका लागि अर्थ मन्त्रालयबाट १२ करोड रूपैयाँ प्राप्त भएको अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

images
images

पालिकाको प्रशासकीय भवन निर्माण गर्न चार करोड पाँच लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। सो काम १८ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए। पालिकाको आन्तरिक आर्थिक स्रोतलाई बलियो बनाउन सार्वजनिक खरिद ऐनभित्र रही बालुवा, गिट्टी र ढुंगा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड लागु गरिएको छ।

images
images
images

सिञ्जाको नराकोट स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भिडियो एक्सरेसहितको ल्याब सेवा सञ्चालनमा आएको छ। सिञ्जा-२ मा प्रसुतिगृह र वडा नं ६ मा आधारभूत स्वास्थ्य चौकी स्थापना गरी सेवा प्रदान गर्न थालिएको गाउँपालिकाले जनाएको छ। सिञ्जा-४ मा नेपाल टेलिकमको फोरजी सेवा विस्तार गरिएको गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले बताए। गाउँसभाले स्वीकृत गरेका वार्षिक विकास योजना कार्यान्वयनका लागि वार्षिक कार्य सञ्चालन तालिका निर्माण गरिएको छ।

यस्तै तिला गाउँपालिकाले तीन ग्रामीण सडक निर्माणको काम अघि बढाएको छ। गाउँपालिकाका प्रविधिक शाखा प्रमुख धनप्रसाद चौलागाईले तिला-१ को लाटिका धानदेखी वडा नं २ लर्मी गाउँसम्म सडक निर्माणका लागि ५६ लाख ५९ हजार रूपैयाँ बजेट छुट्टयाइएको छ।

सिञ्जा-९ रासादेखी नदैगुफासम्म ग्रामीण सडक निर्माण गर्न ६३ लाख ६१ हजार रूपैयाँको सम्झौता भएको छ। कुडारी बजारदेखी डुङ्गी गाउँसम्म सडक स्तरोन्नति गर्न ३७ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको छ। तलिचौरदेखी लासिसम्म तथा हतानबाडादेखी धोच्यासम्म तटबन्धको काम अघि बढाइएको गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए।

पाँच विद्यालयमा पक्की भवन 

तिला गाउँपालिकाले पालिकाभित्र पाँच सामुदायिक विद्यालयमा पक्की भवन निर्माण गर्न प्रक्रिया अघि बढाएको छ। गाउँपालिकाको ज्योति मावि राँसामालापानीमा भवन निर्माण अघि बढाइएको छ। यस्तै तिला-८ स्थित देवी देउराली विद्यालयमा छ कोठे भवन निर्माण गर्न ३८ लाख रूपैयाँमा ठेकेदारसित सम्झौता भइ काम अघि बढेको छ। 

यस्तै तिलाको देउराली मावि जुम्लाकोटको आठ कोठे पक्की भवन, सरस्वती माविको आठ कोठे पक्की भवन र मानेचौर माविको पक्की भवन निर्माण पनि अघि बढाइएको तिला गाउँपालिकाले जनाएको छ। तातोपानी, पातारासी, हिमा गाउँपालिकालगायत पालिकाले पनि विकास निर्माणलाई तीव्र पारेका छन्। रासस


प्रकाशित : सोमबार, जेठ ८ २०८००९:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend