बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

नवलपुरमा पुँजीगत खर्च १९ प्रतिशत मात्रै

images
सोमबार, जेठ ८ २०८०
images
images
नवलपुरमा पुँजीगत खर्च १९ प्रतिशत मात्रै
images
images

नवलुपर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०७९/८० को हालसम्मको पुँजीगत खर्च १९ प्रतिशत भएको छ। जिल्लामा संघतर्फको पुँजीगत खर्च १९ दशमलव ३७ प्रतिशतमात्रै भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

images
images
images

कार्यालयका सूचना अधिकारी एवं कोष नियन्त्रक जितनारायण महतोले यस आर्थिक वर्षका लागि नवलपुरमा एकीकृत विनियोजन बजेट चार अर्ब ८२ करोड १६ लाख ७० हजार नौ सय २० रूपैयाँ रहेकामा जेठ ७ गतेसम्म ९३ करोड ४१ लाख ७३ हजार चार सय ५६ रूपैयाँ खर्च भएको जानकारी दिए। विकास बजेटको रुपमा रहेको पुँजीगत खर्च कम हुँदा समग्र जिल्लाको विकास निर्माणका गतिविधिमा प्रभाव पर्ने उनले बताए।

images
images

'पुँजीगत खर्च न्यून रहेपनि चालु खर्च भने ९१ प्रतिशत देखिएको छ। यस आवका लागि चालु खर्चअन्तर्गत छ अर्ब तीन करोड नौ लाख ५४ हजार दुई सय ३० विनियोजन भएकोमा हालसम्म पाँच अर्ब ५४ करोड ६८ लाख १४ हजार आठ सय ९८ रूपैयाँ खर्च भएको छ', कोष नियन्त्रक महतोले भने। कार्यालयबाट हुने तलब, भत्ता, अनुगमनलगायत शीर्षकका बजेट चालु खर्चमा रहने भएकाले चालु खर्च लक्ष्यअनुसार नै देखिएको उनको भनाइ थियो।

images
images
images

जिल्लामा हालसम्म पुँजीगत खर्चतर्फ सबैभन्दा बढी खर्च गर्ने कार्यालय नारायणगढ बुटवल सडक योजना (पूर्वी खण्ड) रहेको छ। महतोका अनुसार यस योजनाका लागि चार अर्ब ५९ करोड ९६ लाख २८ हजार रूपैयाँ बजेट विनियोजन भएकामा हालसम्म ८० करोड ८६ लाख ५५ हजार दुई सय ९४ रूपैयाँ खर्च भएको छ। 'नारायणगढ-बुटवल सडक योजनाले अन्य कार्यालयले भन्दा बढी बजेट खर्च गरेको देखिए पनि योजनाको कुल बजेटको खर्च प्रतिशत निकाल्दा पुँजीगत खर्च न्यून नै छ', उनले भने।

त्यस्तै, सामाजिक सुरक्षातर्फ बौदीकाली गाउँपालिकाले चार करोड ७१ लाख ८३ हजार चार सय ५२, मध्यविन्दु नगरपालिकाले दुई करोड ५१ लाख रूपैयाँ खर्च गरेका छन्। महतोले २ नम्बर वन तथा पर्यावरण सुरक्षा गणले दुई करोड दुई लाख १६ हजार नौ सय २८ रूपैयाँ खर्च गरेको उल्लेख गर्दै अन्य कार्यालयहरुले गरेको खर्च एक करोड भन्दा न्यून रहेको जानकारी दिए।

उनका अनुसार त्रिवेणी भन्सार कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ र कोष तथा लेखा नियन्त्रक कार्यालयले बजेट खर्च गर्न सकेका छैनन्। बैशाख मसान्तसम्म न्यून रहेको पुँजीगत खर्च जेठ लागेपछि बढेको महतोको भनाइ थियो । जेठको सात दिनमा मात्रै जिल्लामा २० लाख ९० हजार सात सय ८३ रूपैयाँ खर्च भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पुँजीगत खर्च बढ्ने बताए।

प्रदेशको विकास बजेट ३८ प्रतिशत खर्च 

जिल्लामा संघीय सरकारबाट प्राप्त पुँजीगत बजेटको खर्च प्रतिशत भन्दा गण्डकी प्रदेशबाट प्राप्त भएको पुँजीगत बजेटको खर्च प्रतिशत दोब्बर देखिएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार यस आवको १० महिनामा गण्डकी प्रदेशबाट प्राप्त बजेटअन्तर्गत ३८ दशमलव ४८ प्रतिशत खर्च भएको छ।

गण्डकी प्रदेशबाट नवलपुरका लागि यस आवमा पुँजीगततर्फ एक अर्ब ६६ करोड दुई लाख १५ हजार बजेट विनियोजन भएकोमा ६३ करोड ८८ लाख ७७ हजार रूपैयाँ खर्च भएको कोष नियन्त्रक महतोले जानकारी दिए। 'चालु खर्चअन्तर्गत ७१ करोड ७९ लाख ५३ हजार विनियोजन भएकोमा ३५ करोड ८४ लाख चार हजार रूपैयाँ खर्च भएका छ', उनले भने।

नवलपुरमा संघीय सरकारको मातहतमा रहने गरी २१ र गण्डकी प्रदेश सरकारको मातहतमा रहने गरी ११ कार्यालय तथा आठ स्थानीय तह छन्। रासस


प्रकाशित : सोमबार, जेठ ८ २०८००९:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend