बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

म्याग्दीमा भेटियो तातोपानीको नयाँ मुहान

images
सोमबार, जेठ ८ २०८०
images
images
म्याग्दीमा भेटियो तातोपानीको नयाँ मुहान

कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिकरुपमा तातोपानी निस्कने मुहान भेटिएको हो।

images
images

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा तातोपानीको नयाँ मुहान भेटिएको छ।  

images
images
images

कटुञ्जे गाउँमुनिको पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा प्राकृतिकरुपमा तातोपानी निस्कने मुहान भेटिएको हो। बेनी-जोमसोम सडकको भिरकाटे पारी कालीगण्डकी र दोवा खोलाको दोभान नजिकै बगरमा बाफ उडेको देखेपछि खन्ने क्रममा तातोपानीको मुहान भेटिएको दोवा बेँसीका गमबहादुर राम्जालीले बताए।

images
images

'बगरमा बाफ उडेको र पानी रसाएर चिसो भएको देखेपछि गल र बाउसोले खन्दा तातोपानीको मुहान भेटियो', उनले भने, 'एक पटकमा तीन-चार जनाले शरीर डुबाएर स्नान गर्न मिल्ने पोखरी बनाएका छौँ।'  

images
images
images

जमिनभित्रबाट करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कने पानीको मुहान अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ मा पर्ने दोवा बेँसी र बेनी-जोमसोम सडकको भिरकाटे खण्डको पारिपट्टि रहेको छ। दोवाका बासिन्दा सोही तातोपानीमा स्नान गर्न जान थालेका छन्। 

तातोपानी स्नान गर्न आएकी दोवाकी ६७ वर्षीया लालमाया पुर्जाले पानीमा वीरेनुन र अण्डा उमालेको जस्तो गन्ध आउने बताइन्। 'सानो हुँदा यहाँको तातोपानीको पोखरीमा डुबेको याद छ। पछि मुहान पुरिएको थियो', उनले भनिन्, '५५-६० वर्षपछि फेरि मुहान भेटिएकाले नुहाउन आएको हो।'

दोवा, सुनारी, कटुञ्जेका बासिन्दा त्यसबेला यहाँको तातोपानीमा स्नान गरेर स्वास्थ्य लाभ लिन्थे। तातोपानीको पोखरीमा स्नान गरेमा चोट पटक लागेको, सुन्निएको, बज्रिएको, ग्यास्ट्रिकलगायत स्वास्थ्य समस्या निको हुने जनविश्वास छ।

अहिले भेटिएको तातोपानी जमिनबाट माथि भुलभुल निक्लन्छ। तातोपानीको स्रोत मध्यम किसिमको छ। व्यवस्थित पोखरी बनाउन सकेमा २० देखि २५ जनासम्मले स्नान गर्न सक्छन्। 

अन्नपूर्ण गाउँपालिका-२ का वडाध्यक्ष ओमप्रकाश फगामीले नयाँ भेटिएको तातोपानीको मुहान संरक्षण र व्यवस्थापनको तयारी गरिएको बताए। 'तातोपानीको संरक्षण र व्यवस्थापनका लागि स्थानीयवासीले माग गरेका छन्', उनले भने, 'अहिले भेटिएको भन्दा केही माथि पनि अर्को मुहान भएको सूचना आएकाले सबैको एकै पटक अध्ययन र व्यवस्थित बनाउने तयारी गरेका छौँ।'

अन्नपूर्ण गाउँपालिकाको दोवा सेकार्कु, भुरुङ, पाउद्वार, रातोपानीमा यसअघि पहिचान भएका तातोपानीका मुहानको संरक्षण र व्यवस्थापन हँदै आएको छ। यसैगरी बेनी नगरपालिका-४ को सिंगा, रघुगंगा गाउँपालिका-४ को दर्मीजा, धौलागिरि गाउँपालिका-१ गुर्जा र वडा नम्बर ४ बगरमा रहेका तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलको रुपमा प्रयोग भएका छन्। रासस


प्रकाशित : सोमबार, जेठ ८ २०८००६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend