बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

गत वर्षको तुलनामा २ खर्ब २६ अर्ब न्यून व्यापार घाटा, कुल व्यापार १७ प्रतिशतले घट्यो 

images
आइतबार, जेठ ७ २०८०
images
images
गत वर्षको तुलनामा २ खर्ब २६ अर्ब न्यून व्यापार घाटा, कुल व्यापार १७ प्रतिशतले घट्यो 

आयात र निर्यात घटेसँगै कुल अन्तर्राष्ट्रिय व्यापार १० महिनामा गत वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले घटेको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा गत वर्षको तुलनामा २ खर्ब न्यून व्यापार घाटा कायम भएको छ। 

images
images
images

भन्सार विभागका अनुसार आयात र निर्यात दुवै घट्दा साउनदेखि बैशाखसम्मको अधविमा यो वर्ष १२ खर्ब ४ अर्ब व्यापार घाटा भएको छ। यो गत वर्षको तुलनामा १५ प्रतिशत अर्थात् गत वर्षको तुलनामा २ खर्ब २६ अर्ब रुपैयाँले न्यून हो। 

images
images

चालु वर्षको छ महिनासम्म उच्च मूल्यका वस्तुको आयातमा सीमित प्रतिबन्ध लगाइएको, बजारमा भएको तरलता अभावका कारणले माग खुम्चिँदा पनि आयात घटेको छ। आयात घट्दा व्यापार घाटा पनि न्यून भएको छ। 

images
images
images

गत वर्षको यही अवधिमा १४ खर्ब ३१ अर्ब व्यापार घाटा थियो।

यो अवधिमा  १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँको आयात भएको छ। भन्सार विभागका अनुसार यो वर्षको १० महिनामा गत वर्षको तुलनामा १६.७८ प्रतिशतले आयात घटेको छ। 

विभागका अनुसार आयातसँगै निर्यात पनि घटेको छ। चालु वर्षको १० महिनामा २४ प्रतिशतले निर्यात घटेको छ। 

साउनदेखि बैशाखसम्मको अवधिमा १ खर्ब ३० अर्ब रुपैयाँको निर्यात भएको छ। गत वर्षको यही अवधिमा १ खर्ब ७३ अर्ब रुपैयाँको निर्यात भएको थियो। 

आयात र निर्यात घटेसँगै कुल अन्तर्राष्ट्रिय व्यापार १० महिनामा गत वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले घटेको छ। 


प्रकाशित : आइतबार, जेठ ७ २०८०११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend