बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

रुग्ण उद्योगका बारेमा समितिमाथि समिति नबनाउन पूर्व उद्योगमन्त्रीको सुझाव 

images
आइतबार, जेठ ७ २०८०
images
images
रुग्ण उद्योगका बारेमा समितिमाथि समिति नबनाउन पूर्व उद्योगमन्त्रीको सुझाव 

नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव गर्दै बडूले यस्ता उद्योगको अवस्था तथा सञ्चालन गर्न सकिने वा नसकिने बारेमा सरकारले यसअघि नै अध्ययन गरिसकेको र थुप्रै अध्ययन भएको बताए। 

images
images

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वउद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योगका बारेमा फेरि समिति बनाउन नहुने बताएका छन्। 

images
images
images

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले रुग्ण उद्योगका बारेमा अध्ययन गर्नका लागि फेरि अर्को समिति बनाउन नहुने धारणा राखेका हुन्।

images
images

सरकारले लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरू सञ्‍चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति गठन गर्ने व्यवस्था नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। 

images
images
images

पुनः सञ्‍चालनको सम्भावना रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्‍चालनमा ल्याउने घोषणा पनि सरकारले गरेको छ। 

नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव गर्दै बडूले यस्ता उद्योगको अवस्था तथा सञ्चालन गर्न सकिने वा नसकिने बारेमा सरकारले यसअघि नै अध्ययन गरिसकेको र थुप्रै अध्ययन भएको बताए। 

‘समितिमाथि फेरि अर्को समिति किन बनाउने? यसअघि नै म मन्त्री हुँदा सबै अध्ययन गरेर प्रस्ताव बनाएर अर्थ मन्त्रालयको स्वीकृतिका लागि पठाइसकेका छौँ। त्यही प्रस्ताव अघि बढाए हुन्छ’, उनले भने। 


प्रकाशित : आइतबार, जेठ ७ २०८००८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend