बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

११ बुँदे सहमतिपछि सांसद गौतमले तोडे अनशन

images
शनिबार, जेठ ६ २०८०
images
images
११ बुँदे सहमतिपछि सांसद गौतमले तोडे अनशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमतिपछि उनले अनशन तोडेका हुन्।

images
images

काठमाडौं- बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाटको भत्किएको पुलको संरचना हटाएर तत्काल नयाँ पुल बनाउनुपर्ने लगायत १५ बुँदे माग राखेर अनशन बसेका सांसद सञ्जय गौतमले अनशन तोडेका छन्।

images
images
images

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमतिपछि जब्दीघाट पुलमुनि अनशन बसेका बर्दियाका-१ बाट निर्वाचित सांसद गौतमले शनिबार ८औँ दिनमा अनशन तोडेका हुन्। अहिले उनलाई अस्पताल भर्ना गरिएको छ।

images
images

बर्दिया सदरमुकाम जोखिममा रहेकोले तत्काल तटबन्धनको बाँकी काम पूरा गर्नुपर्ने, बबई सिँचाइ आयोजना ३ वर्षभित्र पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ-तेलपानी-सुर्खेत सडकखण्ड निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरू गर्न उनले सरकारसँग माग राखेका थिए।

images
images
images

साथै गुलरिया मूर्तिया नाका तुरून्त सुचारू गर्नुपर्ने, मध्यवर्ती क्षेत्रका बासिन्दालाई निःशुल्क बीमा व्यवस्था गरिनुपर्ने, बाढीपीडितलाई भूकम्पपीडित सरह राहत दिने व्यवस्था लागु गरिनुपर्ने, कपास विकास समिति विघटन गरी किसानहरूलाई मोही सरह हैसियत दिनुपर्ने, सत्तिघाट पुलमा आवश्यकताअनुसार स्पान थप गर्नुपर्ने माग पनि उनको थियो।

गत वर्ष बेमौसमी बर्सातका कारण बालीनालीमा क्षति पुगेकोले त्यसबेला घोषणा गरेअनुसार राहत दिनुपर्ने, राजापुर सिँचाइ आयोजनाको दोस्रो चरणको कामका लागि बजेट विनियोजन गरिनुपर्ने माग पनि उनले राखेका थिए।


प्रकाशित : शनिबार, जेठ ६ २०८०११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend