बिहीबार , जेठ २२ गते २०८२    
बिहीबार , जेठ २२ २०८२
images
images

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च निराशाजनक

images
शनिबार, जेठ ६ २०८०
images
images
पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च निराशाजनक
images
images

वीरगञ्ज- चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा पर्सामा रहेका सरकारी कार्यालयको पुँजीगत खर्च निराशाजनक देखिएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगञ्जका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाको पुँजीगत खर्च ३५ प्रतिशत रहेको छ।

images
images
images

यहाँका ४२ सरकारी कार्यालयले कुल बजेटको पुँजीगततर्फ ३५ प्रतिशत र चालुतर्फ ८१ प्रतिशतमात्र खर्च गरेका कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए।

images
images

उनका अनुसार पुँजीगततर्फ चार अर्ब ४७ करोड २६ लाख ४२ हजार चार सय ३८ रूपैयाँमध्ये बैशाख मसान्तसम्म एक अर्ब ५५ करोड २२ लाख १६ हजार १८ रूपैयाँ मात्र खर्च भएको छ भने चालुतर्फ १० अर्ब ३७ करोड ९३ लाख आठ हजार नौ सय ५७ रूपैयाँमध्ये बैशाख मसान्तसम्म आठ अर्ब ४६ करोड ११ लाख एक हजार नौ सय १२ रूपैयाँ खर्च भएको छ।

images
images
images

वीरगञ्ज महानगरपालिकासहित जिल्लाका १४ वटै पालिकाको समानीकरण र शसर्त बजेट पाँच अर्ब ४२ करोड ३५ लाख ८० हजार रूपैयाँमध्ये बैशाखसम्म सबै पालिकाको पहिलो र दोस्रो त्रैमासिकमा गरी दुई अर्ब २६ करोड ५० लाख २२ हजार दुई सय रूपैयाँ निकासा भएको कार्यालयले जनाएको छ।

समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुलगायत कारणले सरकारी कार्यालयको पुँजीगत खर्च र विकास बजेट खर्च हुन नसकेको प्रमुख उप्रेतीको भनाइ छ। रासस


प्रकाशित : शनिबार, जेठ ६ २०८००९:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend