सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३
बीवाईडी बिक्रेता साइमेक्सको बदमासी

ई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धान

प्रारम्भिक जवाफ चित्तबुझ्दो नभएपछि मगायो सक्कल कागजात

शुक्रबार, पुस १५ २०७९
ई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धान

काठमाडौं- बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले एउटै गाडीमा २८ लाख रुपैयाँसम्म नाफा लिएको समाचार बाहिर आएसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुसन्धान सुरु गरेको छ। 

साइमेक्सले १० हजार अमेरिकी डलरमा खरिद गरेको बीवाईडी ई सिक्सको नेपाली बजारमा अधिकतम खुद्रा बिक्री मूल्य ५० लाख रुपैयाँ राखेर बिक्री गरेको पाइएको हो। साइमेक्सले १० हजार डलरमा बीवाईडी अटो इन्डस्ट्रीबाट किनिएको ई सिक्सको मूल्य ५० लाख रुपैयाँ राखेर ५ लाख छुटसहित ४५ लाख रुपैयाँमा बिक्री गरेको बिजक बिजनेस न्युजले प्राप्त गरेको थियो। 

साइमेक्सले कम मूल्यमा किनेको कारमा अत्याधिक नाफा राखेर बिक्री गरेको तथ्यसहितको समाचार बिजनेस न्युजले प्रकाशित गरेपछि वाणिज्य विभागले अनुसन्धान सुरु गरेको हो। विभागले बिहीबार नै बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकलाई बोलाएर सोधपुछ गरेको छ। 

विभागले बिहीबार साइमेक्सका प्रतिनिधिलाई बोलाएर समाचारमा आएका तथ्यहरूबारे प्रष्ट्याउन भनेको थियो। तर साइमेक्सका प्रतिनिधिले विभागले देखाएको तथ्यमा गोलमटोल जवाफ दिएका थिए। यसबारे विभागले साइमेक्सलाई आगामी साता कम्पनीसँग बीवाईडी ई सिक्स आयात गर्दा, कर तिरिएका र मूल्य निर्धारण गर्दाको ब्रेकडाउन र उपभोक्ताका नाममा जारी गरेको बिक्री बिजकलगातका सक्कल काजगात लिएर आउन भनेको छ।

बीवाईडी ई सिक्समा उपभोक्ता अधिकार हनन् हुनेगरि अत्याधिक महँगो मूल्यमा बिक्री गरेर साइमेक्सले अधिक नाफा गरेको समाचार बाहिर आएकाले विभागले उनीहरूसँग बुझेको विभागका महानिर्देशक महेश भट्टराईले बिजनेस न्युजलाई बताए। ‘हामीले साइमेक्सका प्रतिनिधिलाई बोलाएर यसबार प्रष्ट पार्न भनेका हौँ,’ भट्टराईले भने, ‘प्रष्ट जवाफ नआएपछि आगामी सोमबार सम्पूर्ण सक्कल कागजातसहित आउन भनेका छौँ।’ साइमेक्सले उपभोक्ताको अधिकार हनन् हुनेगरि नाफा लिए नलिएकोबारे उनीहरूले ल्याउने कागजात हरेपछि निर्णय लिने विभागले जनाएको छ। 

बीवाईडी अटो इन्डस्ट्रीले साइमेक्स इंकलाई २०२१ सेप्टेम्बर २ मा काटेको कमर्सियल बिजकमा एउटा बीवाईडी ई सिक्सको मूल्य १० हजार अमेरिकी डलर कायम गरिएको छ। सो बिजकअनुसार साइमेक्सले २० वटा ई सिक्स एकै पटक खरिद गरेको हो। यसरी खरिद गरिएको २० वटा बीवाईडी ई सिक्सको २ लाख डलर साइमेक्सले बीवाईडी अटो इन्डस्ट्री कम्पनीलाई एलसी (प्रतितपत्र)मार्फत प्रभु बैंकबाट भुक्तानी गरिएको हो। उक्त बिजक २०२१ सेप्टेम्बर २ मा जारी भएको थियो। 

साइमेक्सले एउटा ई सिक्स १२ लाख २१ हजार रुपैयाँ (१० हजार डलर)मा उत्पादकसँग किनेको र ४ लाख ८५ हजार रुपैयाँ रसुवा भन्सारसम्म ल्याउन लागेको भाडा, बीमालगायत रकम लागेको थियो। खरिद मूल्य र भाडा, बीमालगायत मूल्यमा भन्सार लाग्छ। भन्सार लाग्ने रकम १७ लाख ५ हजार ९ सय रुपैयाँ हो। यो मूल्यमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सबै जोडर ५ लाख २० हजार ६ सय रुपैयाँ कर सरकारलाई तिरेको छ। 

रसुवागढी भन्सार जाँचपासपछि एउटा बीवाईडी ई सिक्सको मूल्य २२ लाख २६ हजार ४ सय ५५ रुपैयाँ कायम भएको छ। यही मूल्यपछि साइमेक्सले भन्सारलाई बुझाएको खर्च विवरणमा हुँदै नहुने शीर्षकमा लाखौँ खर्च भएको जिकिर गरेको छ। त्यस्तै अस्वभाविक खर्च देखाएर साइमेक्सले एउटा ई सिक्सको बिक्री मूल्य ५० लाख रुपैयाँ राखेको हो। बिजनेस न्युजले उक्त अस्वभाविक खर्च विवरणको ‘ब्रेकडाउन’ बारे पनि समाचार प्रकाशित गरेपछि वाणिज्य विभागले सो खर्च विवरणबारे समेत अनुसन्धान सुरु गरेको जनाएको छ। 

यसबारेमा बिक्रेता कम्पनीले ल्याउने कागजात, समाचारमा आएका तथ्य र अन्य सरकारी निकायसँग समन्वय गरि झिकाइने कागजातको तथ्य जाँच गरि विभागले एउटा निर्णय लिने गरि अनुसन्धान प्रक्रिया अघि बढिसकेको विभाग स्रोतले जनाएको छ। बदमासी गरेको पुष्टि भएमा विभागले कानूनअनुसार कारबाही गर्ने बताएको छ।

बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण  बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण  ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स? ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स?


प्रकाशित : शुक्रबार, पुस १५ २०७९१२:३३
  • सम्बन्धित विषय:

  • # #cimex
  • # #price
  • # #tax
  • # #china
  • # #बीवाईडी
  • # #ev
  • # #highprice
  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend