बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्लास्टिकजन्य फूलगुच्छा बिक्री गरेमा एक लाख रुपैयाँसम्म जरिबाना

बिहीबार , कात्तिक ३ २०७९
प्लास्टिकजन्य फूलगुच्छा बिक्री गरेमा एक लाख रुपैयाँसम्म जरिबाना
फाइल तस्बिर

काठमाडौं- प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेमा एक लाख रुपैयाँसम्म जरिबाना गरिने भएको छ।

वन तथा वातावरण विभागले साउन १२ गतेदेखि राजपत्रमा सूचना प्रकाशन गरी प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण गर्न प्रतिबन्ध लगाएको थियो।

तर तिहार नजिकिँदै जाँदा प्लास्टिकजन्य फूलगुच्छाको बिक्री बढ्न सक्ने भन्दै बिक्री वितरण गरेको फेला पारे न्यूनतम १५ हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना गर्ने गरी विभागले सूचना जारी गरेको छ।

विभागले निरीक्षकले अनुगमनका क्रममा १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म र विभागका महानिर्देशकले १ लाख रुपैयाँसम्म जरिबाना गर्ने जनाएको छ।


प्रकाशित : बिहीबार , कात्तिक ३ २०७९०४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend