शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

झुलाघाटमा पुग्यो इन्टरनेट

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक २ २०७९
झुलाघाटमा पुग्यो इन्टरनेट

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छ। नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि सो क्षेत्रमा इन्टरनेट विस्तार गरेको हो।

इन्टरनेटको पहुँच पुगेसँगै सरकारी काममा समेत सहजता आएको छ। विशेष गरी नाकामा रहेका महाकाली भन्सार कार्यालय, सीमा प्रहरीचौकी, सशस्त्र प्रहरी बलको कार्यालयका सेवा प्रवाहमा सहयोग पुगेको बताइएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक २ २०७९०४:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend