शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

हराउँदै गएको रैथाने मार्सी धानको उत्पादन पुनः सुरु

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ३१ २०७९
हराउँदै गएको रैथाने मार्सी धानको उत्पादन पुनः सुरु

मुगु- मुगु जिल्ला खत्याड गाउँपालिका-३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन्। अर्गानिक बालिको रुपमा परिचित मार्सी धानले स्वास्थ्यमा गर्ने फाइदाको महत्व बुझेपछि किसान मार्सी धानको उत्पादन गर्न उत्साहित भएका छन्।

खत्याड गाउँपालिका कृषि शाखा प्रमुख विष्णु रावतका अनुसार मार्सी धानमा अन्य धानको तुलनामा क्यालसियम, फलाम, भिटामिन सी र फोलिक एसिड प्रचूर मात्रामा पाइने भएकाले यो सुष्म तत्वको बढी आवश्यकता पर्ने बालबालिका, सुत्केरी महिला तथा वृद्धवृदा लागि अत्यन्तै फाइदाजनक मानिन्छ।

बालिचक्र अपनाउँदा मार्सी धानको जस्तै अन्य रैथाने धानको उत्पादनमा पनि जोड दिए रैथाने बालीको जगेर्ना हुने किसान बाँच्या शाही बताउँछन्। रासस 


प्रकाशित : सोमबार, असोज ३१ २०७९१०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend