शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

संसदीय समितिमा अर्थमन्त्री वाग्लेले भने राजस्व बढ्यो : तथ्यांक भन्छ- ७० वटा सिलायन सेभेनबाटै राज्यको ३२ करोड २७ लाख गुम्यो

शुक्रबार, जेठ २९ २०८३
संसदीय समितिमा अर्थमन्त्री वाग्लेले भने राजस्व बढ्यो : तथ्यांक भन्छ- ७० वटा सिलायन सेभेनबाटै राज्यको ३२ करोड २७ लाख गुम्यो

बजेटअघिको एक महिनामा आयात भएको एटो वानबाट प्रति गाडी नयाँ र पुरानो  कर दरमा हिसाब गर्दा राज्यलाई ५  लाख ५८  हजार ५ सय ६७ रुपैयाँ कर कम भएको छ। यसगरी एक महिनामा आएको ४ सय ९ वटा गाडीबाट कुल २२ करोड ८४ लाख ५३ हजार ९ हजार ३ रुपैयाँ राज्यलाई कर घाटा लागेको छ।

काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटअघि ठूलो संख्यामा छुटाइएको विद्युतीय कारबाट राज्यलाई राजस्वमा फाइदा नै भएको बुधबार र बिहीबारको संसदीय समितिमा बताए। सडकदेखि सदनसम्म बजेटअघि करको सूचना चुहाएर अस्वभाविक संख्यामा विद्युतीय कार छुटाएर करोडौँ राजस्व गुमेको प्रश्न उठेपछि अर्थमन्त्रीले राजस्व गुमेको बजेटअघि कार छुटाएर राजस्व घटको नभइ बढेको जिकिर गरे।

बजेटअघिको १५ दिन (जेठ १ देखि १४ गते)मा बीवाईडीका मात्र ११ सय २१ वटा विद्युतीय कार रसुवा र मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भएको तथ्यांक आसिकुडा सिस्टममा छ। बजेटअघिको एक महिनामा १ हजार ३ सय ९६ वटा बीवाईडीका कार आयात भएको तथ्यांक छ। बैशाखको १८ देखि ३१ गतेसम्ममा जम्मा २ सय ७५ वटा गाडी जाँचपास भएकोमा अर्कोे १५ दिनको अवधिमा ११ सय २१ वटा गाडी जाँचपास स्वभाविक रुपमा सम्भव छैन। 

रसुवा भन्सार कार्यालयबाट काजगमा मात्र बीवाईडीका गाडी जाँचपास भएको विषयमा अहिले पनि अनुसन्धान जारी छ। बीवाईडीले कर वृद्धिको सूचना पाएरै बजेटअघिको एक महिनामा छुटेका कुल २ हजार ७ सयभन्दा बढी कारमा बीवाईडीको मात्र आधाभन्दा बढी अर्थात १ हजार ३ सय ९६ वटा हुनुले संसय पैदा भएपछि सरकारले मुस्ताङ भन्सारबाट छुटेका ७ सय वटा गाडी नियन्त्रणमा लिएर मुस्ताङ र रसुवा भन्सार कार्यालयबाट भएका गतिविधिको अनुसन्धान भइरहेको छ। 

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई सरकारले जिम्मेवारीमुक्त गरेर अनुसन्धान गरिरहेको छ। यसरी अनुसन्धान भइरहेको र बजेटमा कर वृद्धिको सूचना चुहिएको आशंकाबीच अर्थमन्त्रायल र अर्थमन्त्री स्वर्णिम वाग्लेले अनुसन्धान प्रभावित पार्नेगरी र कम्पनीहरुले गरेको सम्भावित करछली ‘बचाउन’ किन ‘प्रोएक्टिभली’ लागे भन्ने गम्भीर प्रश्न उठेको छ। 

योसँगै अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति र सार्वजनिक लेखा समितिमा बजेटअघि धेरै संख्यामा कार आएर राज्यलाई फाइदा नै भएको दाबी गरे। तर उनको यो भनाइलाई तथ्यांकले भने ठाडै चुनौती दिन्छ। बीवाईडीले बजेटअघिको १५ दिनमा छुटाएको गाडी र त्यसको सीआईएफ भ्यालु हेरेर बजेट अघि र पछिको करका दरसँग तुलना गर्ने हो भने सबै मोडलबाट राज्यले बजेटअघि छुटाउँदा कर गुमाएको छ। यस बारेमा बिजनेस न्युजले यसअघि पनि राज्यले गुमाएको करको हिसाबकिताब सहितको समाचार प्रकाशित गरेको थियो। 

अर्थमन्त्री वाग्लेले १ सय वटाभन्दा कम गाडी त्यो पनि सस्तो मूल्यमा आयात हुने कारलाई देखाएर प्रति गाडी ४६ लाख रूपैयाँभन्दा बढी कर(बजेटपछि छुटाउँदा) सरकारलाई आउने गाडीका बारेमा ढाकछोपमा लागेका छन्। अर्थमन्त्री वाग्लेले आफ्नो इमान्दारिता दाउमा किन लगाए र सुशासनको नारा लगाएर आएको वर्तमान सरकारमाथि नै कालो धब्बा लगाउन उद्दत देखिएका छन्।

बीवाईडीले छुटाएका कारमा बजेट अघि र पछि मोडलअनुसार कति कर लाग्छ र राज्यले कति गुमायो हिसाब हेरौँ। 

सिलायन सेभेन

नयाँ  करका दर अनुसार अब यो गाडीको ल्यान्डिङ लागतको हिसाब हरौँ

– सिलायन सेभन प्रतिगोटा १ लाख ९० हजार ४ सय २५ युआन

१३ प्रतिशत भ्याटसमेत लगाइसकेपछि गाडीको ल्यान्डिङ कस्ट  १ करोड १५ लाख  ९० हजार ६ सय ८२ रुपैयाँ

पुरानो करका दर अनुसार अब यो गाडीको ल्यान्डिङ लागतको हिसाब हरौँ

सिलायन सेभन प्रतिगोटा १ लाख ९० हजार ४ सय २५ युआन

१३ प्रतिशत भ्याटसमेत जोड्दा गाडीको ल्यान्डिङ कस्ट ६९ लाख  ७९ हजार ९ सय ३५ रुपैयाँ

नयाँ र पुरानो  कर दरमा हिसाब गर्दा राज्यलाई प्रति गाडी ४६  लाख १० हजार ७ सय ४६ रुपैयाँ कर कम भएको छ।

बजेटअघिको १३ दिनको मात्र हिसाब गर्ने हो भने पनि रसुवा भन्सारबाट बीवाईडीको सिलायन सेभेन मात्रै ७० वटा आयात भएको छ। बजेटपछि ७० वटा सिलायन सेभेन छुटेको भएर राज्यले ३२ करोड २७ लाख ५२ हजार रुपैयाँभन्दा बढी कर पाउने थियो। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले यस्तो तथ्यांक छुपाएर सार्वभौम सांसदहरुलाई ढाँटेका छन्। बजेटअघिको एक महिनामा जाँचपास भएका सिलाय सेभेनको हिसा गर्ने हो भने १ सय ४५ वटा गाडीबाट राज्यले ६६ करोड ८५ लाख ५८ हजार १ सय  ७०  रुपैयाँ गुमाएको छ। 

बजेटअघिको एक महिनामा आयात भएको एटो वानबाट प्रति गाडी नयाँ र पुरानो  कर दरमा हिसाब गर्दा राज्यलाई ५  लाख ५८  हजार ५ सय ६७ रुपैयाँ कर कम भएको छ। यसगरी एक महिनामा आएको ४ सय ९ वटा गाडीबाट कुल २२ करोड ८४ लाख ५३ हजार ९ हजार ३ रुपैयाँ राज्यलाई कर घाटा लागेको छ।

त्यस्तै एटो टूबाट नयाँ र पुरानो  कर दरमा हिसाब गर्दा राज्यलाई प्रतिगाडी १ लाख ५३ हजार ४ सय ८८ रुपैयाँ कर कम भएको छ। यसैगरी बजेटअघिको एक महिनामा बीवाईडीका ८ सय ४० वटा एटो टूबाट कुल १२ करोड ८९ लाख २९ हजार ९ हजार २० रुपैयाँ राज्यलाई कर घाटा लागेको छ।

अर्थमन्त्री वाग्लेले के उद्देश्यले र कसलाई बचाउन यती ठूलो झुट सार्वभौम संसद र त्यसका सदस्य सांसदहरुलाई भने त्यो खुल्न सकेको छैन। 

बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा

बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास

बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास

कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग

बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर

बजेटअघि नै करको सूचना : ७ सय ७९ विद्युतीय सवारीबारे छानबिन तीव्र, कागजात र प्रक्रियाको परीक्षण सुरु बजेटअघि नै करको सूचना : ७ सय ७९ विद्युतीय सवारीबारे छानबिन तीव्र, कागजात र प्रक्रियाको परीक्षण सुरु

बजेटअघि नै करको सूचना : अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागद्वारा छानबिन समिति गठन बजेटअघि नै करको सूचना : अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागद्वारा छानबिन समिति गठन

करको सूचना चुहाएको र बीवाईडी बचाउन अर्थमन्त्रालयले बोलेको ३ झुट करको सूचना चुहाएको र बीवाईडी बचाउन अर्थमन्त्रालयले बोलेको ३ झुट

एक्सक्लुसिभ : भन्सारको आसिकुडा सिस्टमबाट खुल्यो सवारी आयातको वास्तविक चित्र, २७ दिनमा कुन ब्रान्डका गाडी कति भित्रिए? एक्सक्लुसिभ : भन्सारको आसिकुडा सिस्टमबाट खुल्यो सवारी आयातको वास्तविक चित्र, २७ दिनमा कुन ब्रान्डका गाडी कति भित्रिए?

एकै दिन ४ सय ७५ वटा गाडी जाँचपास गर्ने क्षमता राख्छ मुस्ताङ भन्सार? एकै दिन ४ सय ७५ वटा गाडी जाँचपास गर्ने क्षमता राख्छ मुस्ताङ भन्सार?

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्। 


प्रकाशित : शुक्रबार, जेठ २९ २०८३०७:२८
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend