बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अर्घाखाँची सिमेन्टले सुरु गर्‍यो भारत निर्यात

सोमबार, असोज ३१ २०७९
अर्घाखाँची सिमेन्टले सुरु गर्‍यो भारत निर्यात

अर्घाखाँचीको क्षमता दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने रहेको छ। निर्यातमा बृद्धि हुँदै गएमा भारतसँगको ब्यापार घाटा न्यूनीकरण तथा विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने अग्रवालको भनाइ छ। 

भैरहवा- अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादन सिमेन्ट भारत निर्यात सुरू गरेको छ। सरकारले सिमेन्टको निर्यातमा पनि अनुदान दिने कार्यविधि ल्याएसँगै अर्घाखाँचीले भारत निर्यात सुरू गरेको हो। 
 
सोमबार उद्योग परिसरमा औपचारिक कार्यक्रम आयोजना गर्दै निर्यात सुरू गरेको छ। अर्घाखाँची ब्रान्डको एक सय टन पीपीसी सिमेन्ट निर्यात गरिएको उद्योगले जानकारी दिएको छ। 

सरकाले चालु आर्थिक वर्षको बजेट मार्फत सिमेन्ट निर्यातमा अनुदान दिने घोषणा गरेको थियो सोही अनुसार सबै प्रकिया पूरागरी निर्यात सुरु गरिएको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए। 

सरकारले बजेटमा गरेको घोषणा अनुसारको कार्यविधि केही समयअघि मात्र ल्याएको छ। कार्यविधि नआउँदै पाल्पा सिमेन्टले निर्यात सुरु गरिसकेको छ। सिमेन्ट निर्यात गर्ने उद्योगीले कूल निर्यात रकममा ८ प्रतिशतसम्मको अनुदान पाउनेछन्। ३० प्रतिशत न्यूनतम मूल्यअभिवृद्धि भएको हुनुपर्ने यसमा अभिवृद्धि ५० प्रतिशत भएमा अनुदान थपिँदै जाने छ।  

argha2.jpeg

भारतीय कम्पनी शिभान्स  एसोसिएट्सले अघाखाँची सिमेन्ट लिएको छ। 

अर्घाखाँचीको क्षमता दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने रहेको छ। निर्यातमा बृद्धि हुँदै गएमा भारतसँगको ब्यापार घाटा न्यूनीकरण तथा विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने अग्रवालको भनाइ छ। 

यद्यपि नेपालमा अझै पनि उत्पादन लागत धेरै रहेकाले सहजीकरण आवश्यक रहेको उनले बताए। 

अहिलेको अनुदानले निर्यातको बाटो खुलेपनि भविष्यमा निर्यात बढाउन तथा प्रतिस्पर्धी बनाउनका लागि सबैको तर्फबाट प्रयास र पहल हुनुपर्ने उद्योगका सञ्चालक पशुपति मुरारकाले जानकारी दिए। 

'उद्योग सुरु भएदेखिको मेरो सपना पूरा छ । अव मेरो आशा उद्योगले उत्पादन गरेको सपूर्ण सिमेन्ट भारत निकासी गर्न पाउँ  भन्ने हो। तर यसका लागि अझै धेरै काम हुन बाँकी छ' उनले भने। 

argha3.jpeg

अहिलेको अनुदानले गर्दा निर्यात गर्न सहज भएपनि यसबाट नाफा नभएको उनको भनाइ छ। अहिलेको निर्यात भनेको उद्योगको क्षमता उपयोग मात्र रहेको उनको भनाइ छ। 

उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा चुनढुंगा खानी नभएकाले नेपाली सिमेन्टको बजार भारतमा रहेको तर लागत न्यूनीकरण गर्न आवश्यक रहेको उनले बताए। 

भारतबाट कोइला आयात खुला गर्नुपर्ने, विश्वासनीय बिजुली आपूर्ति, भारतीय बजारमा ब्रान्डिङमा सहयोग गर्नुपर्ने उनको भनाइ छ। यति भएपछि नेपाली सिमेन्ट प्रतिस्पर्धी हुने उनले बताए। 

argha1.jpeg


प्रकाशित : सोमबार, असोज ३१ २०७९०६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend