बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विमानस्थल निर्माणमा चिनियाँ कम्पनी हाबी, ५० अर्ब चीन जाँदै

बिहीबार , असोज २१ २०७८
विमानस्थल निर्माणमा चिनियाँ कम्पनी हाबी, ५० अर्ब चीन जाँदै

२०७५ असोजमा कर सहित उक्त कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा काम गर्ने गरी ठेक्का पाएको थियो। कम्पनीले २०७५ चैतबाट काम सुरु गरेर २०७६ पुसमा काम सम्पन्न भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको थियो। तर केही काम भने सम्पन्न भएको थियो। 

काठमाडौं- नेपालभित्र निर्माण भइरहेका तथा स्तरोन्नतिको काममा रहेका विमानस्थलमा चिनियाँ कम्पनी हाबी भएका छन्। विमानस्थल निर्माणकै कामबाट चिनियाँ कम्पनीले झन्डै ५० अर्ब रुपैयाँ लैजाने निश्चित भएको छ।

चिनियाँ कम्पनीले अहिलेसम्म निर्माणमा हात हालेको एउटा मात्रै काम सम्पन्न भएको छ। चिनियाँ कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पाेरेसनले ३ हजार मिटर लामो रनवेको पीच परिर्वतनको काम भने समयमै सकेको थियो।

२०७५ असोजमा करसहित उक्त कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा काम गर्ने गरी ठेक्का पाएको थियो। कम्पनीले २०७५ चैतबाट काम सुरु गरेर २०७६ पुसमा सम्पन्न भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको थियो। तर केही काम भने सम्पन्न हुन बाँकी छ। 

काम नै सम्पन्न नभएको अवस्थामा प्राधिकरकणले सोही कम्पनीलाई झन्डै ७ अर्ब रुपैयाँको अर्को कामको जिम्मा दिएको थियो। कम्पनीले उत्तर तर्फको खाल्टोमा माटो भरेर पार्किङ वे निर्माणकाे जिम्मा लिएको थियो। उक्त कामका लागि प्राधिकरणले ६ अर्ब ९२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

गत आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म २५ प्रतिशत काम सम्पन्न हुने पर्ने भए पनि अहिलेसम्म कुनै पनि काम भएको छैन।

यसैैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङगर र प्यारालल ट्याक्सीको निर्माणको काम पनि चिनियाँ कम्पनी नै दिने तयारी भएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम गरिरहेको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले पाएकाे छ। कम्पनीसँग अब ठेक्का सम्झौता हुन मात्रै बाँकी छ।

यसैगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि चिनियाँ कम्पनीले गरिरहेका छ। एक्जिएम बैंकको २३ अर्ब लोनमा यो विमानस्थल निर्माण भइरहेका छ। विमानस्थल निर्माण सम्पन्न २०२१ को जुलाई  भित्रै हुने भनिए पनि अहिले एक वर्षको समयमा थप भएको छ। यो विमानस्थलमा चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले काम गरिरहेको छ।

यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको काम पनि चिनियाँ कम्पनीले नै गरिरहेका छ। चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले झन्डै ७ अर्ब रुपैयाँमा यो विमानस्थल निर्माणका काम गरिरहेका छ। विमानस्थल निर्माणकाे काम करिब सम्पन्न भइसकेको छ।

तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र प्राधिकरणमा डीजी नियुक्ति नहुँदा क्यालिब्रेसन उडानको काम समेत रोकिएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ९५ प्रतिशतभन्दा बढी भइसकेको छ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे काम पनि ७० प्रतिशत भन्दाबढी भइसकेकाे छ।

साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि चिनियाँ कम्पनीले चासो देखाइरहेको छ।


प्रकाशित : बिहीबार , असोज २१ २०७८१०:४५
  • सम्बन्धित विषय:

  • # विमानस्थल निर्माण
  • # चिनियाँ कम्पनी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend