शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनसेलको चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’

शुक्रबार, असोज १४ २०७९
एनसेलको चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’

काठमाडौं- एनसेलले चाडपर्व योजना अन्तर्गत ‘होम एन्ड अवे डेटा प्याक’ अफर ल्याएको छ। दसैं, तिहार र छठ पर्वको अवसरमा एनसेलले यो अफर ल्याएको हो।  ग्राहकले यो प्याकमा कर सहित मात्र  ५ सय ९९ रुपैयाँमा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरि कुल ६० जीबी डेटा पाउने एनसेलले जनाएको छ।

यो प्याक एनसेलले बिहीबार (असोज १३) बाट सञ्चालनमा ल्याएको हो । ग्राहकले सजिलै एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ३० ह्यास डायल गरेर यो प्याक किन्न सक्छन्। यसैगरि एनसेल एप र एनसेलको वेबसाइट मार्फत पनि यो प्याक लिन सकिने एनसेले जनाएको छ।

प्याकमा पाइने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर बाहिर जहाँ पनि चलाउन सक्छन्।

यो प्याक अन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रहि यो प्याक सुचारु गर्दछ त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिने एनसेलले जनाएको छ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्ने र प्याकमा रहेको डेटाबाट फाइदा लिन सक्ने एनसेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहन्छ।

 


प्रकाशित : शुक्रबार, असोज १४ २०७९०५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend