शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १२ २०७९
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त

काठमाडौं-नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रा.लि.को प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त भएका छन्।

चाटर्ड एकाउन्टेन्ट  खड्कालाई इसेवाको सञ्चालनक समितिले सिइओका रुपमा नियुक्त गरेको हो। नवनियुक्त सिइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनियतताको सपथ खुवाएका थिए। सिइओ खड्काले बुधबार नै आफ्नो कार्यभार संहाल्लाएका थिए। 

बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङ्गमा १२ वर्ष भन्दा धेरै समयको अनुभव छ। उनले यसअघि एफवानसफ्ट गु्रप अन्तरगतको फोनपे पेमेन्ट सर्विसमा डाइरेक्टरको रुपमा समेत आबद्ध थिए। इसेवामा प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कार्यभार संहाल्दै नवनियुक्त सिइओ खड्काले डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको बताए।  

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। 
यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ६५ लाख बढि रहेको  छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ७० लाख जनसंख्याले इसेवा मार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाख ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। 


  


प्रकाशित : बुधबार, असोज १२ २०७९१३:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend