शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य तोलामा ४ सयले घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २० २०७८
सुनको मूल्य तोलामा ४ सयले घट्यो

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ। मंगलबार सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ। मंगलबार बढेको सुनको मूल्य बुधबार घटेको हो। 

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ। मंगलबार सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य भने दुई दिनदेखि स्थिर छ। मंगलबार ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  


प्रकाशित : बुधबार, असोज २० २०७८०५:३०
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # छापावाल सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend