शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा श्रेष्ठ

मंगलबार, असोज ११ २०७९
एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा श्रेष्ठ

काठमाडौं- एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठलाई एफवान सफ्ट ग्रुपको सञ्चालक समितिले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको छ। 

उनी यसअघि एफवान सफ्ट ग्रुपअन्तर्गतको हेल्थ टेक भर्टिकल कोजेन्ट हेल्थमा सीइओ र इसेवा मनी ट्रान्स्फरमा निर्देशकको रूपमा कार्यरत थिए। 

‘एफवान सफ्ट अन्तर्गतका कम्पनीहरुको अहिलेसम्म जुन कम्पिटेन्सी बनेको छ यसमा थप नयाँ सिनर्जी ल्याउन र ग्रुप लेबल ग्रोथको भिजन प्राप्त गर्ने दिशामा मैले काम गर्नेछु,’ श्रेष्ठले भने। 

स्ट्राटेजिक म्यानेजमेन्ट र मार्केटिङमा एमबीए अध्ययन गरेका  श्रेष्ठ अब्बल व्यवस्थापकका रुपमा चिनिन्छन्। श्रेष्ठसँग फिनटेक, हेल्थटेक, रेमिटेन्स लगायतका क्षेत्रहरुको विभिन्न कर्पोरेटमा उच्च तहमा १३ वर्षभन्दा बढी काम गरेको अनुभव छ।


प्रकाशित : मंगलबार, असोज ११ २०७९११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend