बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

राष्ट्रिय वाणिज्य बैंक र किंग्स् कलेजबीच ‘ओथारो’ मा सहकार्य सम्झौता

आइतबार, असोज ९ २०७९
राष्ट्रिय वाणिज्य बैंक र किंग्स् कलेजबीच ‘ओथारो’ मा सहकार्य सम्झौता

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक र किंग्स् कलेजबीच कलेजले आयोजना र व्यवस्थापन गर्दैआइरहेको ‘ओथारो’ नामक उद्यमशीलता विकास र प्रबर्द्धन गर्ने इन्क्युवेशन कार्यक्रममा सहकार्यको लागि सम्झौता भएको छ।

यही असोज ४ गते  काठमाडौं आयोजना गरिएको एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र कलेजको तर्फबाट कार्यकारी निर्देशक नरोत्तम अर्यालले हस्ताक्षर गरेका हुन्। 
 
अर्धवार्षिक रूपमा संचालन गरिने ‘ओथारो’ले सहभागीहरूको सोचलाई सघन कार्यशाला, मेन्टरसीप, विज्ञसँगको साक्षात्कार र अन्तरक्रियाका साथसाथै आवश्यक सहयोग प्रदान गरेर व्यवसायमा रूपान्तरण गर्न सघाउ पुर्‍याउँदै आइरहेको कलेजले बताएको छ। 

राष्ट्रिय वाणिज्य बैंकसँगको हातेमालोले उद्यमशील सोच एवं धारणालाई व्यवसायीक स्वरुप प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नुका साथै यस सहकार्यबाट अधिकतम नेपाली युवाहरूले नवीनतम उद्यमको विकास र प्रबर्द्धन गर्नका लागि अवसर पाउने कलेजका कार्यकारी निर्देशक अर्यालले बताए। 
 
'द्यमशीलता प्रबद्र्धनका लागि हामीले विभिन्न नगरपालिका लगायत अरू संस्थाहरूसँग पनि सहकार्य गर्दै आएका थियौं,' साझेदारी पत्रमा हस्ताक्षर गरेपश्चात राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले भने, 'किंग्स् कलेजजस्तो उद्यमशीलताकेन्द्रित प्रतिष्ठित शैक्षिक  संस्थासँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौँ। कलेजसँग आगामी दिनमा अन्य क्षेत्रहरुमा पनि सहकार्य गर्ने इच्छा छ।' 


प्रकाशित : आइतबार, असोज ९ २०७९०७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend