शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नेपाल टेलिकमको चाडपर्वलक्षित नयाँ योजना, के-के छन् सुविधा?

आइतबार, असोज ९ २०७९
नेपाल टेलिकमको चाडपर्वलक्षित नयाँ योजना, के-के छन् सुविधा?

काठमाडौं- नेपाल टेलिकमले चाडपर्वलाई लक्षित अफर योजना सार्वजनिक गरेको छ। आज आइतबारबाट लागु हुने गरी टेलिकमले डाटा र भ्वाइस प्याक तथा रिचार्जमा बोनस अफर ल्याएको हो। अफरहरु  असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने टेलिकले जनाएको छ।

डाटा प्याक अन्तर्गत २ सय ९४ रुपैयाँ मा २० जीबी डाटा १० दिनभित्र र ९८  रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा  ४९ रुपैयाँमा उपलब्ध हुने टेलिकले जनाएको छ। 

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराउने टेलिकमले जनाएको छ।  २ सय देखि  ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५ सय रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १ हजार २४ एमबी डाटा प्याक उपलब्ध हुने टेलिकमले जारी गरेको छ।

यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भोल्टे सेवा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

उल्लिखित प्याकेजहरू लिन ग्राहकले *१४१५# डायल गर्नुपर्छ। ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। 


प्रकाशित : आइतबार, असोज ९ २०७९०४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend