बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अर्घाखाँची सिमेन्टले पायो भारतीय गुणस्तरको प्रमाणपत्र, सिमेन्ट निर्यातका लागि खुल्यो बाटो

शुक्रबार, असोज ७ २०७९
अर्घाखाँची सिमेन्टले पायो भारतीय गुणस्तरको प्रमाणपत्र, सिमेन्ट निर्यातका लागि खुल्यो बाटो

काठमाडौं- अर्घाखाँची सिमेन्टले भारतमा सिमेन्ट निर्यातका लागि आवश्यक गुणस्तरको प्रमाणपत्र पाएको छ। सिमेन्टले भारतीय गुणस्तर आईएसआईको प्रमाणपत्र पाएको हो।

भारत सिमेन्ट निर्यातका लागि सबैभन्दा पहिले भारतीय गुणस्तरको प्रमाणपत्र पाउनुपर्ने हुन्छ। सोही प्रमाणपत्रका लागि अर्घाखाँची सिमेन्टले निवदेन दर्ता गराएको थियो। निवेदनकै आधारमा भारतीय गुणस्तर प्रमाणपत्र आईएसआई पाएको सिमेन्ट उद्योगले जनाएको छ।

योसँगै अर्घाखाँची सिमेन्ट उद्योगले आफ्नो सिमेन्ट भारत निर्यात गर्न पाउने भएको छ। सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने गरी बजेट ल्याएको थियो। तर त्यसका लागि आवश्यक कार्यविधि तयार भने भएको छैन। तर नेपालबाट भारत सिमेन्ट निर्यात भइसकेको छ। अर्घाखाँची सिमेन्टले पनि भारत सिमेन्ट निर्यातका लागि आईएसआईको प्रमाणपत्रका लागि आवेदन दिएको थियो। सोही आधारमा उद्योगले उक्त प्रमाणपत्र पाएको हो।

केही उद्योगले पहिले नै भारत सिमेन्ट निर्यातका लागि भारतीय गुणस्तरको प्रमाणपत्र आईएसआई लिइसकेका थिए। कतिपयले भने सिमेन्टमा निर्यात दिने सरकारी घोषणासँगै आईएसआईका लागि आवेदन दिएका थिए।

एक सिमेन्ट उद्योगीका अनुसार पहिले दुईवटा उद्योगले अनुमति लिएर बसेका थिए। केहीले बजेट आगडि नै आवेदन दिएका थिए भने अहिले थप केही उद्योगले सिमेन्ट निर्यातका लागि भारतसँग अनुमति माग्दै आवेदन दिन दिएका थिए।

सरकारले दिने अनुदान कसरी पाउने र कसरी सिमेन्ट निर्यात गर्ने भन्ने विषयमा कार्यविधि बनाउनु पर्ने छ। सरकारले कार्यविधि बनाउन ढिलाइ गरेको व्यवसायीले बताएका छन्। व्यवसायीले सरकारी पक्षले जतिसक्दो छिट्टो अनुदानको कार्यविधि बनाउने बताएका छन्।


प्रकाशित : शुक्रबार, असोज ७ २०७९०८:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend