शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एभरेष्ट बैंकले सुरु गर्‍यो ई-पैँचो फोन लोन सुविधा, मोबाइलबाटै बिनाधीतो कर्जा लिन सकिने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ६ २०७९
एभरेष्ट बैंकले सुरु गर्‍यो ई-पैँचो फोन लोन सुविधा, मोबाइलबाटै बिनाधीतो कर्जा लिन सकिने

काठमाडौं- एभरेष्ट बैंकले 'इ-पैचो फोन लोन' सुविधा सुरू गरेको छ। बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप 'इबीएल टच २४' मार्फत बिना धीतो २ लाख सम्म कर्जा प्राप्त गर्न सक्नेछन्। इ-पैचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ। 

यसमा एक महिना भित्र वा ३, ६, ९ अथवा १२ महिनाको लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा समावेश छ। यसमा ग्राहकहरुको योग्यता मापनमा विभिन्न प्यारामिटरहरुको प्रयोग गरिएको छ। 

बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ या छैन, बक्यौता ऋण लिएको छ या छैन लगायतका अन्य प्यारामिटरको प्रयोग गरिएको छ। साथै यसमा आफुले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकको लागि ऋणको बक्यौतासहित पूर्व भुक्तानीको विकल्प पनि उपलब्ध छ। 

इ-पैचो फोन लोनका लागि योग्य ग्राहकहरुले कुनैपनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी गदा सुविधा प्रयोग गर्न सक्ने छन्। यी सेवाहरु लिनका लागि ग्राहकले प्रमाणित इमेल ठेगानाको साथै इ-पैचो फोनलोनमा दर्ता गर्नुपर्नेछ। 

इ-पैचो फोनलोनका लागि विभिन्न मापदण्डको आधारमा योग्यता निर्धारण गरि स्वचालित रुपमा कर्जा पाइन्छ । जस्तै तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै बक्यौता वा ऋण नभएको जस्ता मापदण्ड रहेका छन्। योग्य मानिएका ग्राहकहरुको मोबाइल एपमा इ-पैचो लोन फोन आइकन आउने छ र त्यहाँ दिइएको रजिष्टर बटनमा क्लिक गरी रजिष्टर गरेपछि इमेल प्रमाणिकरण गर्नुपर्ने हुन्छ। इमेल प्रमाणिकरण भएसँगै ग्राहकले रियल टाइममै बिना धीतो कर्जा लिन सक्ने छन्। 

सन् १९९४ बाट सञ्चालनमा आएको एभ्रेष्ट बैंक, नेपाल राष्ट्र बैंकले क वर्गमा वर्गीकरण गरेको बैंक हो। देशभर ३९,१६७ डेलिभरी च्यानल, १०,०९८ आन्तरिक शाखा भएको एभ्रेष्ट बैंकसँग १५,७१९ ब्यापारिक घराना आवद्ध रहेका छन्। यसका साथै बैंकका २ अन्तराष्ट्रिय शाखा र देशभर १३,३५० एटीएम बूथ रहेका छन्। 

इबीएल टच २४ एप डाउनलोड गर्नका लागि आइओएस प्रयोगकर्ताहरुले एप स्टोरबाट र एन्रोइड प्रयोगकर्ताहरुले प्लेस्टोरबाट डाउनलोड गर्न सक्ने छन्। 


प्रकाशित : बिहीबार , असोज ६ २०७९११:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend