शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

टीभी र इन्टरनेट बन्डलिङ नगर्न प्राधिकरणको निर्देशन 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ५ २०७९
टीभी र इन्टरनेट बन्डलिङ नगर्न प्राधिकरणको निर्देशन 

बन्डलिङ गर्ने कार्य दूरसञ्चार ऐन बिपरीत रहेको प्राधिकरणले सचेत गराएको छ। 

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरूलाई टीभी र इन्टरनेटलाई बन्डलिङ नगर्न निर्देशन दिएको छ। 

प्रतिस्पर्धात्मक वातावरणमा बाधा पुग्ने गरि फरक सेवालाई एक ठाउँमा राखेर अफर गरेको पाइएकाले त्यस्तो नगर्न निर्देशन दिएको हो। 

हाल कतिपय इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा लगायत अन्य सेवा समेत दिइरहेका छन्। यसरी इन्टरनेट सेवा बाहेक अन्य सेवाहरु संचालन गर्ने क्रममा इन्टरनेट सेवा, आईपीटीभी सेवा र राउटरहरुको प्याकेज नबनाउन प्राधिकरणले निर्देशन दिएको छ। 

यसरी प्याकेज बनाउँदा निश्चित सेवा नि:शुल्क भनेर प्रचार गरेको पाइएको यसले बजारमा प्रतिस्पर्धा नियन्त्रण गर्नसक्ने भन्दै प्राधिकरणले रोक्न निर्देशन दिएको हो। 

बन्डलिङ गर्ने कार्य दूरसञ्चार ऐन बिपरीत रहेको प्राधिकरणले सचेत गराएको छ। 


प्रकाशित : बुधबार, असोज ५ २०७९१२:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend