शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

फोनपे मार्फत कारोबार गर्दा हरेक दिन ग्राहकले एक लाख र मर्चेन्टले सामसुङ्गको मोबाइल जित्न अवसर

मंगलबार, असोज ४ २०७९
फोनपे मार्फत कारोबार गर्दा हरेक दिन ग्राहकले एक लाख र मर्चेन्टले सामसुङ्गको मोबाइल जित्न अवसर

काठमाडौं-नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको महान चाडपर्वलाई लक्षित् गर्दै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना सुरु गरेको छ। 

यस योजना अन्तरगत हरेक दिन फोनपे मार्फत् क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले दैनिक नगद रु एक लाख जित्न सकिनेछ। 

यो योजना ग्राहकहरुका लागि असोज ४ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ। यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन्। मर्चेन्टहरुको यो योजना असोज ४ गतेदेखि कार्तिक १२ गते ४० दिन सम्मका लागि लागु हुनेछ। 

फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ। यस योजनामा अन्य केही शर्तहरु समेत लागु हुनेछन्। 

यसैगरी फोनपेले दशैँको समयमा किनमेल गर्न सहज् र शुलभ होस् भन्ने उदेश्यले विभिन्न बैंकहरुसँगको सहकार्यमा छुट तथा क्यासब्याक पाइने सुविधा समेत प्रदान गरेको छ। फोनपे मार्फत क्यूआर भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकले असोज १ देखि १५ गतेसम्म फोनपे मार्फत क्यूआर गर्दा हरेक दिन भाग्यशाली एक जनाले हेलिकप्टरमा गोसाइकुण्ड घुम्न पाउनेछन्। 
 


प्रकाशित : मंगलबार, असोज ४ २०७९११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend