शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मोबाइल इन्टरनेटको तीव्रता सूचकमा दुई स्थान तल झर्‍यो नेपाल 

मंगलबार, असोज ४ २०७९
मोबाइल इन्टरनेटको तीव्रता सूचकमा दुई स्थान तल झर्‍यो नेपाल 

दक्षिण एसियामा नेपालभन्दा अघि भारत, पाकिस्तान तथा श्रीलंका रहेका छन्। 

काठमाडौं- मोबाइल इन्टरनेटको तीव्रता सूचकमा नेपाल २ स्थान तल खस्किएको छ। 

संसारका १४० देशमध्ये नेपाल १२४ औँ स्थानमा रहेको छ। यो जुलाईको तुलनामा २ स्थान तल हो। जुलाईमा नेपाल यो सूचीमा १२२ औँ स्थानमा थियो। 

इन्टरनेटको गति तथा नेटवर्क सम्बन्धि अनुसन्धान गर्ने संस्था ओकलाका अनुसार अगस्ट २०२२ मा मोबाइल इन्टरनेटको तीव्रता  घटेको छ। नेपालको इन्टरनेट संसारकै सुस्त हुने मध्येमा परेको छ। 

दक्षिण एसियामा नेपालभन्दा अघि भारत, पाकिस्तान तथा श्रीलंका रहेका छन्। 

त्यस्तै फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटमा भने नेपालको अवस्था सन्तोषजनक रहेको छ। ओक्लाको र्‍यांकिङमा नेपाल  ८१ औँ स्थानमा रहेको छ। जुलाईको तुलनामा १ स्थान माथि उक्लिएर नेपाल ८१ औँ स्थानमा पुगेको हो। संसारका १८२ मुलुक रहेको यो सूचीमा नेपालको अवस्था मोबाइल इन्टरनेटको तुलनामा राम्रो देखिएको हो। 

ओक्लाको तथ्यांक अनुसार नेपालमा एनसेलको मोबाइल इन्टरनेट सबैभन्दा तीव्र रहेको छ।

 


प्रकाशित : मंगलबार, असोज ४ २०७९११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend