बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'रिभरगाइड'लाई १० दिने रोजगारी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १९ २०७८
'रिभरगाइड'लाई १० दिने रोजगारी

रिभरगाइड विकास गुरुङले चाडपर्वका समयमा केही काम पाउँदा थोरै भए पनि राहत मिलेको बताए।  

मुग्लिन- जल पर्यटनमा आश्रित मजदूरलाई रोजगारी प्रदान गरिएको छ।

कोभिड १९ महामारीका कारण जल पर्यटन व्यवसायमा आवद्ध मजदूर समस्यामा परेका जनाउँदै नेपाल टुरिजम बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र नेपाल एशोसियशन अफ राफ्टिङ एजेन्सी (नारा) को संयुक्त पहलमा रिभर गाइडलाई नदी सरसफाइ तथा पहुँच मार्ग मर्मत सम्भारका कामसहित रोजगार प्रदान गरिएको हो। ७ देखि १० दिनसम्मको रोजगार प्रदान गरिएको नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले जानकारी दिए। 

विशेष गरी त्रिशूली, कर्णाली, र भोटेकोसी नदी सरसफाइ तथा पहुँच मार्ग मर्मतका लागि रोजगार कार्यक्रम सञ्चालन गरिएको छ।

अहिले ती नदी किनार सरसफाइ तथा नदीको पहुँचमार्ग मर्मतको काममा उनीहरु संलग्न रहेका छन्। 'विगत दुई वर्षदेखि कोभिड १९ का कारण पर्यटन उद्योग ठप्प हुदाँ यहाँ कार्यरत रिभर गाइड, ट्रेकिङ गाइड, होटल मजदूर समस्यामा परेका छन्, मजदूर डुङ्गा चलाउन विभिन्न देश जाने पाएका छैनन्। उनीहरुलाई चाडपर्वको बेला केही राहत प्रदान गर्न रोजगारका कार्यक्रम सञ्चालन गरिएको हो' उनले भने।

रिभरगाइड विकास गुरुङले चाडपर्वका समयमा केही काम पाउँदा थोरै भए पनि राहत मिलेको बताए। रासस


प्रकाशित : मंगलबार, असोज १९ २०७८०५:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend