बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

शुक्रबार, भदौ ३१ २०७९
नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुने

काठमाडौं- नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा आगामी माघ १९ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ। 

अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ मा प्रदेश नं. १ सहित मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेसिनरीहरुको प्रदर्शनी एवं बिक्रीसमेत हुनेछ।

यसका साथै प्रदर्शनीमा नयाँ संचार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रविधि तथा सामाग्रीको पहिचान र प्रदेशमा स्वदेशी वस्तुको उत्पादन साथै ब्यवसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानहरुको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुनेछ। 

कृषि उत्पादन, पर्यटन विकास र स्थानीय उत्पादनको बजार ब्यवस्थापनका लागि समेत महत्वपूर्ण अवसरको रुपमा यो प्रदर्शनी रहने छ। यसबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय नयाँ लगाानीकर्ताहरु समेत आकर्षित हुने हाम्रो बिश्वास रहेको छ। 

स्वदेशीसहित भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकहरुबाट समेत प्रदर्शनीमा सहभागिता गराउने योजना रहेको छ। प्रदर्शनीमा विविध मनोरञ्जन, सांस्कृतिक कार्यक्रम तथा फनपार्क समेत समाबेश गरिनेछ। प्रदर्शनी आगामी माघ १९ गते देखि माघ २८ गतेसम्म बिराटनगर महानगरपालिका वाड नं २ स्थित शंकरपुरमार्गमा संचालन गरिने छ।

यस प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार ब्यवस्थापन, उपभोक्ता माझ नयाँ प्रबिधि र बस्तुको पहिचान एवं प्रबद्र्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने विश्वास रहेको सीएनआईले जनाएको छ। प्रदर्शनीमा औद्योगिक उत्पादनहरु, कृषिका आधुनिक यन्त्र, उपकरणहरु, अटो मोवाइल्स, उत्पादन र सेवा मुलक उद्योगका सामाग्रीहरु, शैक्षिक, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रलाई बिशेष प्राथमिकताका साथ प्रस्तुत गरिने छ । प्रदर्शनी स्थलमा आधुनिक ४ वटा डोम र ३५० स्टलहरु रहने छन्।


प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend