शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

७७ जिल्लामै सेवा विस्तार गरेको वर्ल्डलिंक २८औँ वर्षमा, ३० हजार स्थानमा नि:शुल्क वाईफाई उपलब्ध गराउँदै

शुक्रबार, भदौ ३१ २०७९
७७ जिल्लामै सेवा विस्तार गरेको वर्ल्डलिंक २८औँ वर्षमा, ३० हजार स्थानमा नि:शुल्क वाईफाई उपलब्ध गराउँदै

काठमाडौं- नेपालको सबैभन्दा धेरै बजार हिस्सा ओगेटेको इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले आफ्नो स्थापनाको २७ वर्ष पूरा गरि २८ औँ वर्षमा प्रवेश गरेको छ। 

ईमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन सुरु गरेको कम्पनीको यात्राले २७ वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा आफूहरु सफल कम्पनी भएको जनाएको छ। कम्पनीले देशको ७७ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ।

कम्पनीले नेपालमै पहिलोपटक कन्टेन्ट क्यास सेटअपका लागि अकमाईसँग साझेदारी पनि गरेको थियो। ७ लाख घरमा इन्टरनेट जडान सहित ३० लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराउँदै आइरहेको कम्पनीले जनाएको छ।

देशको इन्टरनेट सुरुवाती समयदेखि आजका दिनसम्म भएको सबै उतरचढावहरू भोगेको यस कम्पनीले अहिले १४ हजार स्थानमा नि:शुल्क सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ भने यो वर्षभित्र ३० हजार स्थानमा नि:शुल्क सार्वजनिक वाईफाई उपलब्ध गराउने कम्पनिको योजना रहेको छ जनाएको छ।

कम्पनीका निर्देशक मनोज अग्रवालकाअनुसार यो वर्षमा मात्रै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्।

हाल कम्पनीको देशभरका शाखामा कुल ५५ सयले रोजगारी पाइरहेको उनले बताए। ‘नेपालको डिजिटल पूर्वाधार निर्माणमा वर्ल्डलिंकको योगदान उल्लेखनीय छ,’ उनले भने, ‘देशमा सञ्चार सेवालाई विस्तार गर्न कम्पनीले पूर्वाधार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ।’


प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend