शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

स्वदेशी फूलको कारोबारमा वृद्धि

शुक्रबार, भदौ ३१ २०७९
स्वदेशी फूलको कारोबारमा वृद्धि

विभिन्न ४८ जिल्लामा हाल एक सय ७८ हेक्टर क्षेत्रफलमा फूलको खेती गरिएको छ।

काठमाडौं- स्वदेशमा उत्पादन हुने विभिन्न प्रकारको फूल आव २०७८/७९ मा दुई अर्ब ३० करोडको कारोबार भएको छ। आव २०७७/७८ मा एक अर्ब ६३ करोड रुपैयाँको व्यापार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ। 

विभिन्न ४८ जिल्लामा हाल एक सय ७८ हेक्टर क्षेत्रफलमा फूलको खेती गरिएको छ। गत वर्ष भारत, चीन, नेदरल्याण्ड, भियतनाम, जापान, थाइल्याण्डबाट करिब ३६ करोडको फूल आयात भएको छ भने करिब एक करोडको निर्यात पनि गरिएको एशोसिएशनले जनाएको छ। 

एशोसिएशनको ३०औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा कृषि विभागका उपमहानिर्देशक शान्ता कार्कीले व्यवसायलाई प्रवर्द्धन गर्न उनीहरुका दक्षता अभिवृद्धि तथा उत्पादन बजारीकरणमा देखिएका समस्या समाधान गर्न विभागले सहयोग गर्ने  प्रतिबद्धता व्यक्त गरे।

उनले भू-उपयोगको अधिकार स्थानीय तहमा रहेकाले जमिन भाडामा लिन, व्यवसाय प्रवर्द्धन गर्न स्थानीय सरकारसँग समेत समन्वय गर्नुपर्नेमा जोड दिए।  

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले देशको अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै मुलुकको आर्थिक विकास तथा समृद्धिका लागि सरकारले व्यवसायीलाई सहयोगी नीति अवलम्बन गर्नुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा ‘पुष्प प्रवर्द्धन नीति’ २०६९ संघीय प्रकृतिको रहेकाले त्यसलाई समयसापेक्ष परिवर्तन गर्नुपर्नेमा व्यवसायीले सुझाएका थिए। रासस


प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९०९:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend