बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)

शुक्रबार, भदौ ३१ २०७९
नेपाली सेनाले माग्यो २२९ जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)

काठमाडौं- नेपाली सेनामा २२९ जनालाई अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)मा रोजगारीको अवसर आएको छ। नेपाली सेनाले खुल्लातर्फ ११७ जना,  महिला २२ जना,  आदिवासी जनजाती २८ जना, मधेशी २८ जना,  दलित १४ जना, पिछडिएको क्षेत्र ७ र सेनाका सन्ततितर्फ ११ जनालाई रोजगागरीको अवसर आएको हो।

यसका लागि योग्य उमेद्‌वारले भदौ ३१ गतेबाट कार्तिक ५ गतेसम्म आवेदन दिन पाउने छन्। आवेदन फारम भर्नेले खुल्लातर्फ अनिवार्य निवेदन दिनुपर्ने छ। यसको शुल्क १ हजार रुपैयाँ तोकिएको छ। आवेदन केन्द्रीय भर्ना केन्द्र जंगी अड्डासँगै थप सातवटै पृतनाबाट आवेदन दिन सक्ने छन्।

आवेदन दिन चाहने प्रमाण पत्र वा सो सरहको अध्ययन पुरा  गरेको र १८ वर्ष उमेर पुरा भई २१ वर्ष ननाघेको हुन पर्ने  र एसएलसी वा सो सरहको परीक्षमा  गणित विषय अनिवार्य लिएको हुन पर्ने र स्नातक उत्तीर्णको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुन पर्ने छ।

पुरुषको हकमा न्यूनतममा ५ फिट ३ इन्च र महिलाको हकमा ५ फिट उचाई हुनुपर्ने सेनाले जनाएको छ। पुरुषको हकमा ५० केजी र महिलाको हकमा ४० केजी वजन चाहिने छ। 


प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९०१:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend