शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

अवैध रुपमा भित्रिएका मोबाइल आजदेखि नचल्ने, एमडीएमएस प्रणाली चार वर्षपछि कार्यान्वयनमा

बिहीबार , भदौ ३० २०७९
अवैध रुपमा भित्रिएका मोबाइल आजदेखि नचल्ने, एमडीएमएस प्रणाली चार वर्षपछि कार्यान्वयनमा

काठमाडौं- आजदेखि मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले  एमडीएमएस  सुरु गरेसँगै चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरू नेपालमा नचल्ने भएका हुन्। अबदेखि नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्नेछ। 

चार वर्षदेखि सुरु भएको प्रक्रिया बिहीबारदेखि कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ। यससँगै मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित बनाइने र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गरिएको हो।

ntcc.PNG

२०७९ भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालू रहेका सबै मोबाइल सेटहरू स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको जनाइएको छ। 

तर २०७९ भदौ ३० पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भएको वा नभएको यकिन गरेर मात्र खरिद गर्न अनुरोध गरिएको छ।

साथै मोबाइल आयातकर्ता तथा बिक्रेताहरूले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्नसमेत सूचित गरिएको छ। 

नेपालमा लामो समयदेखि कानूनी बाटोबाट मोबाइल आयात गर्दै आएका आयातकर्ताहरूले चोरी पैठारी तथा गैरकानूनी आयात रोक्नका लागि सरकारलाई दबाब दिँदै आएका थिए। हाल सरकारले ३ सय डलरभन्दा माथिको मोबाइल सेट आयातमा प्रतिबन्ध लगाइरहेको छ।

ntcc.PNG

 


प्रकाशित : बिहीबार , भदौ ३० २०७९०४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend