बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

२ अर्ब लगानीमा धादिङमा 'इनर्जी ड्रिङ्क्स' उद्योग खुल्दै

सोमबार, असोज १८ २०७८
२ अर्ब लगानीमा धादिङमा 'इनर्जी ड्रिङ्क्स' उद्योग खुल्दै

सरस बेभरेज प्राली वार्षिक १० हजार केएल फ्रुटी, २० हजार केएल सफ्ट ड्रिङक्स र ३० हजार केएल इनर्जी ड्रिङक्स (अलकोहल रहित) उत्पादन गर्ने जनाएको छ। सो उद्योगमा लगानी २ अर्ब रुपैयाँ लगानी गरि ठूला उद्योगको रुपमा दर्ता भएको हो। 

काठमाडौं- धादिङको धुनिबेसीमा दुई अर्ब रुपैयाँ लगानीमा इनर्जी ड्रिङक्स उद्योग खुल्ने भएको छ। विभिन्न किसिमका पेय पदार्थ उत्पादन गर्ने गरि सरस बेभरेज प्रालि उद्योग विभागमा दर्ता भएको हो। 

तत्कालिन अर्थमन्त्री युवराव खतिवडाले इनर्जी ड्रिङक्सको आयातमा कडाइ गरेका थिए। त्यसको केही समयपछि उद्योग मन्त्रालयले त्यस्ता पेय पदार्थको आयातमा प्रतिबन्ध लगाएको थियो। 

क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ (इनर्जी ड्रिङक्स), फ्लेभर्ड सेन्थेटिक ड्रिङक्स र यस्तै प्रकारको पेय पदार्थको आयातमा पूर्ण प्रतिबन्ध लगाएपछि नेपालमै यस्ता उद्योग खुल्ने प्रक्रियामा छन्।  

सरस बेभरेज प्राली वार्षिक १० हजार केएल फ्रुटी, २० हजार केएल सफ्ट ड्रिङक्स र ३० हजार केएल इनर्जी ड्रिङक्स (अलकोहल रहित) उत्पादन गर्ने जनाएको छ। सो उद्योगमा लगानी २ अर्ब रुपैयाँ लगानी गरि ठूला उद्योगको रुपमा दर्ता भएको हो। 

सरस बेभरेजले स्थापना गर्ने उद्योगमा १ सय ८० जनालाई रोजगारी दिइने छ। यो उद्योगमा शतप्रतिशत स्वदेशी लगानी हुनेछ। 

भन्सार बिन्दुमा आइपुग्दा कम्तीमा ७५ प्रतिशत उपभोग्य मिति बाँकी भएको इनर्जी ड्रिङक्समा मात्र आयात गर्न पाइने व्यवस्था गरिएको छ। यो व्यवास्था अन्य खाद्य वस्तुनमा पनि लागु हुनेछ। औषधिको हकमा भने औषधि व्यवस्था विभागको सिफारिसअनुसार हुने व्यवस्था गरिएको थियो। 


प्रकाशित : सोमबार, असोज १८ २०७८१३:३६
  • सम्बन्धित विषय:

  • # सरस बेभरेज
  • # इनर्जी ड्रिङक्स


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend