बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इन्धन ढुवानीमा व्यवसायीको दादागिरी

मंगलबार, भदौ २८ २०७९
इन्धन ढुवानीमा व्यवसायीको दादागिरी

काठमाडौं- दसैँलगायत चाडवाड नजिकिँदै गरेको अवस्थामा पेट्रोलियम ढुवानी महासंघले ढुवानी ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

कमिसन तथा ढुवानी भाडा बढाउनु पर्ने भन्दै इन्धन जस्तो अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गरेका हुन्।

महासंघले भदौ २२ गतेको निर्णयअनुसार २४ गतेदेखि भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पीडीओ नलिने निर्णय गरेअनुसारको कार्यक्रम सफलतापूर्वक सम्पन्न भइरहेको जनाउँदै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

व्यवसायीले राज्यभरमा कुनै पनि क्षेत्रबाट पीडीओ नलिने भन्दै सूचना जारी गरेको हो। साथै २९ गतेबाट अमलेखगज डिपोबाट अन्यन्त्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोड नगर्नेसमेत जनाएको छ।

इन्धन अत्यावश्यक सेवा सञ्चालन ऐन अन्तर्गत सुरक्षित गरिएको सेवामा पर्छ। अत्यावश्यक सेवा ऐन विपिरत कार्य गर्नेलाई ६ महिना जेल तथा जरिवाना दुवै हुने अवस्था छ। आयल निगमले पनि व्यवसायीले ढुवानीमा अवरोध गरेमा ऐनअनुसार अगाडि बढ्ने जनाएको छ।


प्रकाशित : मंगलबार, भदौ २८ २०७९१३:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend