शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एनसेलले ल्यायो दसैँ रिचार्ज बोनस, कतिको रिचार्जमा कति?

मंगलबार, भदौ २८ २०७९
एनसेलले ल्यायो दसैँ रिचार्ज बोनस, कतिको रिचार्जमा कति?

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दसैं लक्षित  रिचार्जमा बोनस योजना ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकले हरेक दिन एक सय रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँ सम्म बोनस ब्यालेन्स प्राप्त गर्न एनसेलले जनाएको छ। 

यो योजना भदौ २८ गते मंगलबार देखि संचालनमा आएको  एनसेलको भनाइ छ। योजना अन्तर्गत एनसेलका ग्राहकले एक सयको रिचार्ज गर्दा १ दिन मान्य रहने१० बोनस पाउने छन्।  यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइने एनसेलले जनाएको छ।

यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि  १ सय ५०  रिचार्ज गरेमा २० रुपैयाँ बोनस पाउने एनसेलले जनाएको छ। प्राप्त बोनस रकम ३ दिनको लागि मान्य कम्पनीले जनाएको छ।

त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि २ सय रुपैयाँ वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले ४० रुपैयाँ बोनस ब्यालेन्स पाउने र  बोनस रकम ७ दिनको लागि मान्य  कम्पनीले जनाएको छ। 

यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्ने र प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न कम्पनीले जनाएको छ। 


प्रकाशित : मंगलबार, भदौ २८ २०७९०९:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend