शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

सुपारी, केराउ र मरिच आयातमा लगाइएको प्रतिबन्ध औद्योगिक प्रयोजनका लागि फुकुवा

सोमबार, भदौ २७ २०७९
सुपारी, केराउ र मरिच आयातमा लगाइएको प्रतिबन्ध औद्योगिक प्रयोजनका लागि फुकुवा

काठमाडौं- सुपारी, केराउ तथा मरिच आयातमा सरकारले लगाएको प्रतिबन्ध उत्पादनमूलक उद्योगका लागि औद्योगिक प्रयोजनमा आवश्यक पर्ने कच्चा पदार्थका रुपमा प्रयोग गर्नेगरी फुकुवा गरेको छ।

सरकारले अन्य प्रयोजनका लागि भने सुपारी, केराउ तथा मरिचमा लगाएको प्रतिबन्ध यथावत रहेको जनाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक प्रयोजनका लागि मात्रै सुपारी, केराउ तथा मरिच आयातमा फुकुवा गरेको सूचना राजपत्रमा प्रकाशित गरेको छ।


प्रकाशित : सोमबार, भदौ २७ २०७९१३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend