काठमाडौं- विवादित व्यवसायी दीपक भट्टको घरमा भेटिएको ल्यान्ड रोभर रेन्ज रोभर ब्रान्डको एसयूभी गाडीको मूल्य ६ करोड ३० लाख रुपैयाँ परेको पाइएको छ।
सम्पत्ति शुद्धीकरण विभागले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा भट्टको घरमा भेटिएको बागमती प्रदेश ०१-०३३ च ०००१ नम्बरमा दर्ता भएको सो कार जगदम्बा मोटर्सको नाममा रहेको पुष्टि भएको छ।
भट्टलाई अनुसन्धानका क्रममा विभागले हिसातरमा राखेका बेला बिजनेस न्युजले उक्त ल्यान्ड रोभर रेन्ज रोभर कार जगदम्बा मोटर्सको नाममा रहेको तथ्यसहित समाचार प्रकाशित गरेको थियो।
वीरगञ्जबाट २०८२ असार २५ गते आयात भएको ल्यान्ड रोभर रेन्ज रोभर प्लगइन हाइब्रिड कार काइरोस इन्टरनेसनल काठमाडौंले आयात गरेको थियो। असार ३१ गते यातायात व्यवस्था कार्यालयमा दर्ता भएको उक्त कार ३२ गते नै काइरोस इन्टरनेसनल काठमाडौंको नाममा सुरु दर्ता भएको थियो।
प्राइम कमर्सियल बेंकले कर्जा प्रवाह गरेर काइरोस इन्टरनेसनलकै नाममा २०८२ पुस ४ मा रेन्ज रोभर कार नामसारी भएको छ। सोही कार पुनः अरेत इन्टरनेसनल प्रालिको नाममा समेत आएको दर्ता किताबमा उल्लेख छ।
अन्तिममा २०८२ माघ १३ गते रेन्ज रोभर प्लग इन हाइब्रिड कार जगदम्बा मोटर्स प्रालिका नाममा नामसारी भएको दर्ता किताबको विवरणमा छ। बागमती प्रदेश ०१-०३३ च ०००१ नम्बरमा दर्ता भएको सो कार २९ सय ९६ सीसी इन्जिन क्षमता भएको प्लग इन हाइब्रिड गाडी हो।
नेपालमा विवादास्पद व्यवसाय गर्दै आएका भारतीय नागरिक राकेशकुमार अडुकियाले हङकङमा कम्पनी खोलेर सोही कम्पनीमार्फत नेपालमा रहेको कम्पनीलाई आधिकारिक बिक्रेता दिएर कार बिक्री गर्दै आएका छन्।
अमेरिकी कम्पनी टेस्लादेखि बेलायती कम्पनी ल्यान्ड रोभर, जर्मन कम्पनी अउडी र पोर्सासम्मको कार हङकङमा रहेको साउथ चाइना एक्जिम लिमिटेड र अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेशनलले नेपालमा विलासी कार निर्यात गर्दै आएको छ।
सम्पत्ति शुद्धीकरणको हिरासतमा रहेका दीपक भट्टको घरमा भेटिएको हरियो रेन्ज रोभर ‘जगदम्बा मोटर्स’को
