बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लोअर इर्खुवा हाइड्रोपावरले १४ लाख कित्ता आईपीओ जारी गर्ने

सोमबार, असोज १८ २०७८
लोअर इर्खुवा हाइड्रोपावरले १४ लाख कित्ता आईपीओ जारी गर्ने

२० प्रतिशत अर्थात १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ। सेयर निष्काशन सम्बन्धी सम्झौतापत्र हस्ताक्षर गरेको छ। 

काठमाडौं- लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले २० प्रतिशत सर्वधारणको लागि साधारण सेयर जारी गर्ने भएको छ। जसको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त समेत गरेको छ।

कम्पनीले जारी पूँजी मध्ये १० प्रतिशत अर्थात ७ लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानियलाई दिने भएको छ।  

२० प्रतिशत अर्थात १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ। सेयर निष्काशन सम्बन्धी सम्झौतापत्र हस्ताक्षर गरेको छ। 

लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्वेश्वर सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। 

हाल उक्त कम्पनीको अधिकृत पूँजी ९० करोड, जारी पूँजी ७० करोड र चुक्ता पूँजी ४९ करोड रहेको छ। स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुमा शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी ७० करोड हुनेछ। 

लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले भोजपुर जिल्लाको षडानन्द न.पा र साल्पा सिलिचों गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर ईर्खुवा जलबिद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी व्यापारिक विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। 

प्रकाशित : सोमबार, असोज १८ २०७८१२:११
  • सम्बन्धित विषय:

  • # बिजनेस न्युज

  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend