आइतबार, जेठ ६ गते २०८१    
images
images

प्रतिस्पर्धामा हिरो र होन्डा : नेपालमै बनाउँदैछन् मोटरसाइकल

हिमाल मोटो नेपालले ६० करोड र एनजीएम इन्जिनियरिङले ३३ करोड लगानी गर्दै

images
सोमबार, भदौ २७ २०७९
images
images
प्रतिस्पर्धामा हिरो र होन्डा : नेपालमै बनाउँदैछन् मोटरसाइकल

हिरो र होन्डाले नेपालमै मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न सँगसँगै प्रक्रिया अघि बढाएका छन्। हिरोले उद्योग दर्ता गरेको एकसाता नबित्दै होन्डाले पनि एसेम्बल उद्योग दर्ता गरेको हो। 

images
images

काठमाडौं- नेपालमा मोटरसाइकल तथा स्कुटर एसेम्बल उद्योग खोल्ने लहर नै चलेको छ। पछिल्लो समय सरकारले आयातित मोटरसाइकलमा कर बढाएपछि दबाबमा परेका हिरो र होन्डाले समेत नेपालमै मोटरसाइल एसेम्बल गर्न उद्योग दर्ता गरेका छन्। 

images
images
images

नेपालमा सबैभन्दा धेरै मोटरसाइकल बिक्री हुने ब्रान्ड होन्डा हो भने हिरो पनि आफ्नो सेगमेन्टको अब्बल मोटरसाइकल बिक्रेता ब्रान्ड हो।

images

विगतमा एकै ब्रान्ड हिरोहोन्डामा मोटरसाइकल उत्पादन तथा बिक्री हुँदै आएकोमा सन् २०१४ बाट जापानी ब्रान्ड होन्डा र भारतीय ब्रान्ड हिरोले अलग अलग रुपमा मोटरसाइकल तथा स्कुटर उत्पादन गर्दै आएका छन्। 

images
images

विगतमा ज्योति समूह अन्तर्गतकै स्याकार ट्रेडिङले आधिकारिक बिक्रेताको रुपमा हिरोहोन्डाका मोटरसाइकल बिक्री गर्दै आएको थियो। तर हिरो र होन्डा औपचारिक रुपमा विभाजन भएपछि नेपालमा समेत अंशबण्डा गरिसकेका ज्योति समूहका पद्म ज्योति र रुप ज्योतिबीच होन्डा र हिरो भाग लागेको थियो। 

images
images

हाल पद्म ज्योति र रुप ज्योतिबीच राम्रो सम्बन्ध छैन। दुई भाइबीच मुद्दामामिलाकै अवस्था देखिँदै आएको छ।

होन्डा ब्रान्ड पद्मका छोरा सौरभले र हिरो ब्रान्ड रुपका छोरा अभिक ज्योतिले हेर्दै आएका छन्।

धेरै कुरामा प्रतिस्पर्धा रहेको उनीहरूबीच पछिल्लो समय नेपालमै मोटरसाइकल एसेम्बल गर्ने विषय पनि प्रतिस्पर्धाकै रुपमा देखिएको छ।

हिरो र होन्डाले नेपालमै मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न सँगसँगै प्रक्रिया अघि बढाएका छन्। हिरोले उद्योग दर्ता गरेको एकसाता नबित्दै होन्डाले पनि एसेम्बल उद्योग दर्ता गरेको हो। 

हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता रहेको एनजीएम प्रालिले मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न एनजीएम इन्जिनियरिङ एन्ड सेल्स प्रालि नामक उद्योगमा दर्ता गरेको हो।

त्यस्तै होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले होन्डाको मोटरसाइकल नेपालमै एसेम्बल गर्न हिमाल मोटो प्रालि कम्पनी उद्योगमा दर्ता गरेको हो। 

एनजीएम इन्जिनियरिङ एन्ड सेल्स प्रालि

एनजीएमले हिरोका मोटरसाइकल तथा स्कुटर उत्पादनका लागि पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा उद्योग स्थापना गर्ने भएको छ। उद्योगमा ३३ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ। उद्योगबाट वार्षिक ४५ हजार मोटरसाइकल एसेम्बल गर्ने उल्लेख छ। जहाँ १ सय ३० जनाले रोजगारी पाउने छन् भने शतप्रतिशत स्वदेशी लगानी हुनेछ। 

हिमाल मोटो नेपाल प्रालि

होन्डाको मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्ने गरि स्याकार ट्रेडिङले हिमाल मोटो नेपाल प्रालि उद्योग रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा स्थापना गर्नेछ। हिमाल मोटोमा स्याकारले ६० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ। 

हिमाल मोटोले वार्षिक २५ हजार मोटरसाइकल र ७५ हजार स्कुटर एसेम्बल गर्ने उल्लेख गरेको छ। २ सय २ जनाले रोजगारी पाउने उद्योगमा शतप्रतिशत स्वदेशी लगानी हुनेछ। 

बढ्दैछन् एसेम्बल उद्योग

हाल नेपालमा बजाज तथा टीभीएसले मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्दै आएका छन्। त्यस्तै अर्को चर्चित ब्रान्ड यामाहाको पनि एसेम्बल उद्योग दर्ता गरेर भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अबको केही महिनाभित्रै यामाहाका मोटरसाइकल नेपालमै एसेम्बल हुनेछ।

यसैगरी सुजुकीका मोटरसाइकल समेत नेपालमै एसेम्बल गर्ने गरी उद्योग दर्ता भएको र एसेम्बल प्लान्ट निर्माणको काम अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ।

यस्तै केही दिन अघिमात्र रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले पनि रोयल इनफिल्डका मोटरसाइकल नेपालमै एसेम्बल गर्ने गरी उद्योग दर्ता गरीसकेको छ। 


प्रकाशित : सोमबार, भदौ २७ २०७९१२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend