शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

जुम्लाको स्याउ बजारीकरणका लागि महोत्सव हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २६ २०७९
जुम्लाको स्याउ बजारीकरणका लागि महोत्सव हुँदै

जुम्ला- जुम्लाको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो स्याउ महोत्सव हुने भएको छ। यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुन लागेको हो। जिल्लाका आठवटै स्थानीय तह, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्नेछ।

सम्मेलनमार्फत जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ। स्याउ महोत्सवमा नेपालका ख्याति प्राप्त लोक गायक प्रकाश सपूत आउने जनाइएको छ। महोत्सवमा स्थानीय पन्चेबाजा, डुड्के नाच र स्थानीय कलाकारसमेतको प्रस्तुती रहने छ। जुम्ली लोकल जातका स्याउको बजार प्रवर्द्धन, स्याउमा किसानको आर्कषण बढाउन र स्याउबाट उत्पादन हुने विभिन्न परिकार बिक्रीका लागि महोत्सवमा राखिने भएको छ।  

यस वर्ष राष्ट्रिय कलाकारसहित स्थानीय झाँक्रीसहित महोत्सव लगाउने तयारी गरेको आयोजकले जनाएको छ। महोत्सवमा जुम्लाका सबै किसानलाई आफूले उत्पादन गरेका स्याउ र स्याउबाट बनाइएका परिकारसमेत ल्याएर आउन अनुरोध गरिएको छ। महोत्सवमा कृषि विज्ञले किसानको स्याउको स्वाद, गुणस्तर र साइज परीक्षण गर्नेछन्।

उत्कृष्ट हुने किसानलाई पुरस्कृत गरिने छ। स्याउबाट बन्ने ब्राण्डी, जाम जेलि वाइनको बजारीकरण हुनेछ। यसवर्ष जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको कृषि विकास कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, भदौ २६ २०७९०९:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend