शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

दूध अभाव भएपछि डेरी उद्योगको माग - दूध उत्पादन बढाउने कार्यक्रम ल्याउनुपर्‍यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २४ २०७९
दूध अभाव भएपछि डेरी उद्योगको माग -  दूध उत्पादन बढाउने कार्यक्रम ल्याउनुपर्‍यो

काठमाडौं- डेरी उद्योग सङ्घले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई तत्काल दूधको उत्पादन बढाउने कार्यक्रम ल्याउन आग्रह गरेको छ।

अहिले बजारमा झन्डै १ लाख २० हजार लिटर दूधको अभाव देखिएकाले दीर्घकालीनरूपमा दूधको उत्पादन बढाउन सरकारसँग आग्रह गरेको हो। यसअघि सरकारद्वारा गठित समितिले समेत बजारमा दूधको अभाव रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो। नेपालमा कूल ३४ लाख लिटर दूधको आवश्यकता रहेको छ।  

डेरी उद्योग सङ्घले शुक्रबार जारी प्रेस विज्ञप्तिमा सालिन्दा दसैँ तिहारमा औद्योगिक कच्चा पदार्थको अभावमा डेरी उद्योगनै बन्द गर्नुपर्ने स्थिति आएकाले केही समयसम्म झोल दूधको आयात गर्न सरकारलाई सुझाव दिएको छ। 

यसअघि केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घ, नेपाल डेरी एशोसिएशन, दुग्ध विकास संस्थानलगायतले भारतबाट केही समयका लागि झोल दूध ल्याउन सरकारको ध्यानाकर्षण गरेको सङ्घका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए।  

सरकारले माग सम्बोधन गर्न आलटाल गरेकाले कर/भ्याट तिर्ने निजी डेरी उद्योगले लगभग ४० प्रतिशतसम्म बिक्री वितरण कटौती गर्नुपरेको र पनिर, घ्यू, आइसक्रिमलगायत राजस्व सङ्कलन हुने दुग्धजन्य पदार्थको उत्पादन नै ठप्प गर्नुपर्ने स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ।रासस 


प्रकाशित : शुक्रबार, भदौ २४ २०७९१२:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend