शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

केरा किसानको चेतावनी - भारतबाट आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २३ २०७९
केरा किसानको चेतावनी - भारतबाट आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने 

भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी चरणबद्ध आन्दोलन गर्ने संघले जनाएको हो।

चितवन- चितवनका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन्। नेपाल केरा उत्पादक संघ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा भारतीय केरा आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो।

संघका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा केरामा आत्मनिर्भर बन्न लागेका कृषकलाई भारतीय केराको आयातले निरास बनाएको जनाइएको छ।

जिल्लामा ७० हजार मेट्रिक टन वार्षिक केरा उत्पादन हुँदै आएको संघले जनाएको छ। भारतीय केराको आयात नरोकिए जिल्लाका केरा व्यवसायी चरणबद्ध आन्दोलन गर्ने संघले जनाएको हो। सरकारले केरा आयात गर्दा एलसी खोलेर मात्र ल्याउन पाउने नियम बनाएको भए पनि विभिन्न नाकाबाट बिना एलसी भारतीय केराहरु अवैधरूपमा नेपाल भित्रिने गरेको पाइएको अध्यक्ष घिमिरेले जानकारी दिए। विज्ञप्तिमा भनिएको छ, यो समस्या समाधान हुन नसके व्यवसायिकतातर्फ उन्मुख कृषक पलायन हुने अवस्थामा पुग्ने छन्।

चाडपर्वको समयमा नेपालको उत्पादनले बजार मूल्य नपाउनाले यहाँका कृषक अप्ठ्यारोमा परेको कृषकहरूले बताएका छन्। नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले भारतीय आयात रोक्न नसके जिल्लाको उत्पादन त्यसै फाल्नुपर्ने बताए।

नेपालमा छठपर्वसम्मलाई पुग्ने केरा उत्पादन भएको भन्दै उनले देशभरबाट भारतीय केरा आयात विरुद्धमा आन्दोलनको तयारी भएको बताए। नेपालमा उत्पादित केराले बजार नपाउने अवस्थामा कृषक आन्दोलित बन्नुपरेको महासंघले जनाएको छ। नेपालको उत्पादनको २० प्रतिशत केरा चितवनले ओगट्ने गरेको छ। रासस


प्रकाशित : बिहीबार , भदौ २३ २०७९०७:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend