बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अधिकारीले सम्हाले काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्म‍ेवारी

बुधबार, भदौ २२ २०७९
अधिकारीले सम्हाले काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्म‍ेवारी

काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुख प्रक्कासकीय अधिकृतमा सरुवा भएका सहसचिव बसन्त अधिकारीले बुधबार पदबहाली गरेका छन्। भदौ १६ गतेको मन्त्री स्तरीय निर्णयबाट अधिकारीलाई महानगरको प्रमुख प्रशाककीय अधिकृतको जिम्मेवारी दिइएको थियो। 

पदवहाली भएसँगै उहाँले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताए। नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र नगरसभाको अभिभावकत्व रहने र आफूले प्रशासनको अभिभावकत्व दिने उनको भनाइ थियो।  त्यस्तै उनले वडा सशक्त बनाउने समेत बताए।  

महानगरसँग अहिले धेरैको अपेक्षा भएको र त्यसका लागि वडालाई क्षमतावान बनाउनमा आफ्नो ध्यान केन्द्रित हुने अधिकारीले बताए। 

अधिकारी २०४९ सालमा सहलेखापालबाट सेवा प्रवेश गरेका अधिकारी २०५५ सालमा शाखा अधिकृत भएका थिए। २०६२ उपसचिव र २०७४ सहसचिव भएका अधिकारीले स्थानीय, गृह प्रशासन, भूमि व्यवस्था, स्वास्थ्य, योजना आयोग, यातायात व्यवस्था, लोकसेवा आयोगलगायत विभिन्न सेवा र क्षेत्रको काम गरिसकेका छन्। 

काठमाडौं महानगरमा आउनुअघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए। 


प्रकाशित : बुधबार, भदौ २२ २०७९१०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend